दाङ, माघ १६ । आज माघ १६ अर्थात सहिद दिवस ।
तत्कालिन जहानिया राणा साशन कालमा स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको निर्मम तरिकाले हत्या भएको थियो । यो विक्रम संबत १९९७ को घटना थियो ।
राणा साशन कालमा स्वतन्त्रता माग्दा माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमासहिद शुक्रराज शास्त्री, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले झुण्ड्याएर गोली हानी हत्या गरेका थिए ।
स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हाँसी हाँसी जीवन आहुति दिने उनै चार बीर सहिदहरुको संझनामा हरेक बर्ष माघ १६ लाई सहिद दिवसको रुपमा मनाउँदै आइएको छ । सरकारले दिवस मनाउने सार्वजनिक बिदा दिएको छ ।
तत्कालीन काठमाडौँ नगरपालिकाले २०१२ सालदेखि माघ १६ गतेलाई सहिद दिवसको रुपमा मनाउन थालेको थियो । त्यो क्रम निरन्तर चल्दै आएको छ । चार बीर सहिदको संझनामा देशभर बिभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशिला कार्की लगाएत बिभिन्न दलका नेताहरुले सहिदको स्मरण गरेका छन् ।
पछिल्लो समय, २०४६ को प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन, सशस्त्र माओबादीको युद्ध, २०६२/२०६३को आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन, जेनजी आन्दोलन लगाएतमा मृत्यु वरण गरेका सयौं सहिदको लिष्टमा राखिएका छन् ।