२०८२ माघ ८ गते बिहिवार

रोल्पामा बिप्लप माओबादीका चुडामणी र बर्षमान आमने सामने

दाङ, माघ ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट्ब्युरो सदस्य चुडामणि वली ‘आदर्श’ पूर्व सहयोद्धा पूर्व अर्थमन्त्री नेकपाका नेता बर्षमान पुन संग आमनेसामने भएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा उम्मेदवारी दर्ता पछि वलीले रोल्पाली जनताले फेरि एकपटक इतिहास रच्ने बेला आएको बताएका थिए ।


विभिन्न कालखण्डमा रोल्पाली जनताले इतिहास रच्ने गरेको भन्दै उम्मेदवार वलीले यतिखेर मतदान मार्फत नयाँ इतिहास रच्ने अवशर मिलेको बताएका हुन ।


‘रोल्पाबाट जितेर गएका नेताहरूले रोल्पालाई फर्केर हेरेनन, भ्रष्टाचार र सुन तस्करीमा लागे, जनताको जिवनस्तरलाई उठाउने भन्दा पनि आफ्नै निजि जीवन बनाउनतिर लागे ,’ उनले भने ‘ यतिखेर आम जनताले मेरो पक्षमा मतदान गरि इतिहास रच्ने अवशर मिलेको छ ।’

उनले पार्टीका महासचिव विप्लवले नै चुनाव लड्न पठाएकाले आफू उम्मेदवारी दिन आएको र चुनाव जितेर संघीय संसदमा पुगेपछि भुइ मान्छेका कुराहरु उठाउने प्रतिबद्धता जाहेर गरे ।

वलीले आफ्नो सारा जीवन राजनीतिमै बिताएको भन्दै व्यक्तिगत जीवन बनाउने भन्दा पनि देश र जनताकै आवाज उठाइरहेको हुँदा भविश्यमा पनि सोही कार्यलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताए ।

पश्चिम रोल्पाको गंगादेव गाउँपालिका– ३ झ्यामका बासिन्दा वली शहिद परिवारका सदस्य हुन । उनका कान्छा भाई खकेन्द्र वली ‘शिव’ तत्कालिन जनयुद्धको समयमा कपुरकोट रिपिटर टावर आक्रमणका क्रममा मारिएका थिए ।

जनयुद्धको समयमा वलीको सिंगो परिवार नै होल्टाइमर कार्यकर्ता भएर काम गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *