२०८२ पुष ८ गते मङ्गलवार

रबि लामिछाने आज छुट्दै

दाङ, पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज कारागार मुक्त हुने भएका छन् ।

उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले बुधबार लामिछानेलाई बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई यसअघि जिल्ला अदालतले थुनामा पठाउने निर्णय सुनाएको थियो । न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा बिहीबार लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
हाल नख्खु कारागारमा रहेका लामिछानेले पेस गरेको बैंक ग्यारेन्टी २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम बुझाएर छुट्न लागेका हुन ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार नै धरौटीमा छोड्न आदेश गरेपनि जिल्ला अदालतबाट शुक्रबार मात्रै पुर्जी जारी हुने भएको हुँदा त्यो छुट पुर्जी लिएपछि मात्रै उनी थुनामुक्त हुने छन् ।
उच्च अदालतले यसअघि जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते थुनछेक क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने आदेशमा भनेको छ । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले त्यतिखेर एक करोड धरौटी राख्न आदेश गरेको थियो।
पछिल्लो अदालतको निर्णय अनुसार लामिछाने व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपर्दा अदालतलाई पूर्व जानकारी गराउनुपर्ने छ ।

जिल्ला अदालत रूपन्देहीले २०८२ साउन २६ गते लामिछाने बाट जमानत लिन गरेको अस्वीकार पछिल्लो निर्णयले बदर भएको छ ।

लामिछानेले यसअघि नै आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राख्नका लागि अपिल गरेका थिए । बैंक ग्यारेन्टी लिएर मुद्दाको पुर्पक्ष गरिपाऊँ अर्थात बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्ने माग रबिले गरेका थिए ।

उच्च अदालतले सोही अनुसार उनलाई बिगोबापतको धरौटी बुझाएर थुनामुक्त गर्न आदेश गरेको हो ।

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *