२०८२ मङ्सिर २० गते शनिवार

जस्ले प्रहरी चौकी दमरगाउँलाई नयाँ कम्प्युटर र प्रिन्टर किनेर दिए

तुलसीपुर, मंसिर १० । तुलसीपुर उपमहानगरपालिका – १३ का एक युवाले अस्थायी प्रहरी पोष्ट दमार गाउँलाई एउटा नयाँ डेष्कटप कम्प्युटर र प्रिन्टर किनेर निशुल्क रुपमा प्रदान गरेका छन् ।


तुलसीपुर – १३ दमार गाउँमा पुर्खेउली घर भएका युवा सुरज थापाले बुधबार चौकीमै पुगेर ५० हजार मूल्यको नयाँ कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले ती सामाग्री बुझेका थिए ।

हाल अमेरिका बस्दै आएका थापाले बिदामा घर आएको समयमा केही दिन पहिले आफ्नो नागरिकता सर्जिमन गर्न प्रहरी चौकी दमारगाउँमा पुगेका थिए । प्रहरी चौकीका अफिसरले हातले लेखेर नागरिकताको सर्जिमन गरेको देखेका थिए ।


त्यसपछि उनले सोधपुछ गर्दा राप्ती राजमार्ग अन्तरगत अमेलिया – तुलसीपुर सडक खण्डको सवारी चेकजाँच तथा बिभिन्न विवरण संकलन गरि राख्नु पर्ने दमारगाउँ प्रहरी चौकीमा हालसम्म एउटा पनि कम्प्युटर र प्रिन्टरसम्म नभएको थाहाँ पाएपछि सुरजले ती सामाग्री सहयोग गर्ने निर्णय गरेका थिए ।

‘आफ्नो जन्म थलोको प्रहरी चौकीको हालत देखेपछि केही ब्यबस्थित र प्रबिधि मैत्री बनाउन सहयोग पुगोस भनेर मैले कम्प्युटर र प्रिन्टर दिने निर्णय गरेको हुँ,’ सुरजले भने ‘ मैले प्रदान गरेका यि कम्प्युटर र प्रिन्टरले प्रहरीलाई तथ्याङ्क संकलन गर्न तथा डेटाहरु संग्रह गर्न सहयोग पुग्ने आशा गरेको छु ।’

पछिल्लो समय बाँकेको नेपालगंजमा बस्दै आएका सुरजले ती उपकरणहरु आफ्ना स्वर्गिय दाजु सुशन थापाको स्मृतिमा प्रदान गरेका हुन । अध्यनका लागि अष्ट्रेलिया पुगेका सुरजाका २४ बर्षीय दाजु सुशनको २०७४ साल असारमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी पराजुलीले प्रहरीको सेवा थप प्रभावकारी बनाउन सहयोग पुगोस भनेर नयाँ कम्प्युटर र प्रिन्टर किनेर निशुल्क रुपमा प्रदान गर्ने सुरज थापालाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *