
दाङ,असार २८ । जंगली च्याउ ल्याएर खाएपछि घोराहीका ४ जना विरामी परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ निवासी ३६ बर्षीया हिरा बुढा, सोही ठाउँ निवासी ५० बर्षीया विरमती बाठा, घोराही १६ लेटार निवासी ४० बर्षीया सुशीला चौधरी र सोही ठाउँनिवासी २१ बर्षीया मालती चौधरी विरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
उनीहरु सबैले स्थानीय जंगलवार टिपेर ल्याएर शुक्रवार बेलुका च्याउ खाएका थिए । विरामी भएका सबैलाई शनिवार विहान अपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठिान घोराहीमा ल्याइएको दाङ प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
