तुलसीपुुर, भदौ ९ । गढवामा ट्राक्टरको ठक्करबाट अटोमा सवार ब्यक्तिको मृत्यु, दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते मध्य अटोमा सवार गढवा–३ का ५५ बर्षीय बलबहादुर थापाको उपचारका क्रममा सिसहनिया अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रहरी निरीक्षक डबलबहादुर बमले बताए ।
दुर्घटनाका घाइते मध्य गढवा – ३ का ४२ बर्षीय अम्मरबहादुर नगरकोटी र अटोचालक स्थानीय ३८ का लेकबहादुर रोका गम्भीर घाइते भएका थिए । दुई जना घाइतेको सिसहनिया अस्पताल बाट थप उपचारका लागि बुटवलमा रिफर गरि उपचार भइ रहेको छ ।
गढवा – कालाकाटे सडक खण्डमा आइतबार बेलुकी ८ बजेतिर जिल्लाको गढवा गाउँपालिका – ३ धैरेनीमा महादेवादेखि धैरेनी तर्फ आउँदै गरेको रा १ ह ५९२३ नं. को अटोलाई बिपरित दिशा गढवा बाट महादेवा तर्फ जाँदै गरेको नंम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
दुर्घटना लगतै फरार रहेको रा १ त २९६८ नम्बरको ट्रयाक्टर र चालक सोमबार दिउँसो मात्रै पक्राउ परेको प्रहरी निरीक्षक बमले बताए । बम नेतृत्वको टोलीले राप्ती गाउँपालिका –४ नयाँगाउँमा २२ बर्षीय पुरन चौधरीलाई पक्राउ परेको हो ।
पछाडि हलो जोडेको ट्रयाक्टरले ठक्कर दिएको भन्ने स्थानीयको सुराकका आधारमा प्रहरी निरीक्षक बम नेतृत्वको टोलीले खोजी गर्ने क्रममा ट्रयाक्टरको पहिचान गरि चालकलाई पनि पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
गढवामा आइतरबार नै टिपरले मोटरसाइकल ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो । चालक घाइते छन् ।
मोटरसाइकलको पछाडि सवार सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशिल थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा घाइते छन ।
थापालाई भालुबाङ अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतारबार बिहान ६ बजेरित चन्द्रौटादेखि पश्चिम तर्फ जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपरले प्यूठानबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । टिपर चालक प्रहरीले नियन्त्रणमा छन ।
