
तुलसीपुर , भदौ ३ । आफ्नो दोस्रो बार्षिक उत्सवको अवशरमा ‘इगल खबर’ खबरले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका –३ सातबासस्थित प्राथमिक बिद्यालय कल्ले राम्रीकोटका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलार्य मंगलबार झोला, कापी र पेन्सिल निशुल्क रुपमा बितरण गरिएको हो । बिद्यार्थीका लागि ३० वटा झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको थियो ।
‘एचआर मिडिया हाउस प्रालि’ द्वारा सञ्चालित ‘इगल खबर’का सञ्चालक एचआर मगरका अनुसार झन्डै ३० हजार बराबरका स्टेशनरी सामाग्री बितरण गरिएको हो ।
मगरले बिभिन्न ब्यक्तिहरु संग सहयोग मागेर र केही ब्यक्तिगत रकम थपेर ती सामाग्री खरिद गरिएको जानकारी दिए ।
शैषिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले तुलसीपुरको कर्णाली उपमाले चिनिने सातबासमा पुगेर बिद्यार्थीलाई झोल, कापी र कलम वितरण गर्नु भनेको बिकटमा संभावनाको खोजी गर्ने एउटा गतिलो उदाहरण मान्न सकिने बताए ।
हरेक ब्यबसायी कमाएको केही अंश समाजमा खर्चिने नीति अख्तियार गरेको भन्दै त्यो उनीहरुको कतब्र्य र समाज प्रतिको जिम्मेदारी अन्तरगत पर्ने उल्लेख गरे ।
बिकटका बिद्यालयमा संभावना खोज्नु र उनीहरुको भविश्यका लागि सानो तिनो भएपनि लगानी गरेर एउटा मिडिया हाउसले उदाहरणिय कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य राजेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतेले ‘इगल खबर’ले आफ्नो बार्षिक उत्सवका अवशरमा बिकट क्षेत्रका बालबालिकाको शैक्षिक बिकासमा टेवा पुर्याउने उदेश्य राखेर सहयोगकोमा धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा ‘इगल खबर’का सञ्चालक एचआर मगरले बिकट सातबासको प्राबिमा अध्यनरत बालबालिकाको हौसला थप्ने उदेश्यका साथ उनीहरुलाई सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमको सहजीकरण शान्तराम सेञ्चुरीले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक टेकबहादुर गुरुङका अनुसार विद्यालयमा १९ छात्रा र २२ छात्र गरि कुल ४१ जना विद्यार्थी यो बर्ष भर्ना भएका छन् ।
नियमित विद्यालय आउने विद्यार्थीको संख्या भने पुग नपुग ३० जनाको हाराहारीमा हुने गुरुङले बताए ।
स्थानीय कक्षा ४ मा अध्यनरत सृष्टि घर्तीले निशुल्क रुपमा झोला, कापी र पेन्सिल पाउँदा निकै खुसी लागेको बताएकी थिइन ।

