२०८३ असार ३ गते बुधवार

बिहेको ४ महिनामै अनमी कोठामा मृत फेला

दाङ , भदौ ३ । बैतडीमा एक जना २४ बर्षीया अनमीले आफ्नो भाडाको कोठमा मृत अवस्थामा फेला परेकी छन ।

जिल्लाको पुचौंडी नगरपालिका–१०  विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ बर्षीया अनमी भागरथी कुँवर आफ्नो डेराको कोठाभित्र झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन । 

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार अनमी कँुवर गत बैशाखमा मात्रै बिवाह बन्धनमा बाँधिएकी थिइन । उनले प्रेम बिबाह गरेकी थिइन ।

अनमी कुँवर घरदेखि स्वास्थ्यचौकी टाढा रहेकाले स्वास्थ्य चौकी नकिजै कोठा भाडामा लिएर बस्दै आएकी थिइन । उनी आफ्नै कोठामा आइतबार बेलुकी ८ बजेतिर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार अनमी कँुवरले नेपाली सेनामा कार्यरत आफ्ना प्रेमी संग गत बैशाखमा ७ गते बिवाह गरेकी थिइन । अनमी कुँवरका श्रीमान हाल पोखरामा कार्यरत छन् ।

प्रहरी निरीक्षक साउदका अनुसार अनमी कँुवर कृषी शाखामा कार्यरत सल्यानकी एक महिला कर्मचारी संगै मिलेर आफ्ना मामा नाता पर्ने ब्यक्तिको घरमा कोठा भाडामा बस्दै आएकी थिइन ।


संगै बस्ने कृषी शाखाकी ती कर्मचारीले पनि प्रहरीलाई अनमी कुँवरले आँफुलाई केही कुरा नभनेको कहिलै कसैका प्रति कुनै गुनासो नगरेको, समस्या नसुनाएको बताएकी छन् ।

अनमी कुँवरले आइतबार दिनभर हाँसी खुसी थिइन । रमाइलो गर्दे घर कोठा सरसफाइको काम गरेकी थिइन ।

अनमी कुँवर साँझ पख संगै बस्ने ती महिला कर्मचारी एकै छिन छिमेककोमा गएको समयमा फर्केर आउँदा कोठाको ढोका भित्रबाट चुक्कुल लगाएको अवस्थामा थियो ।

बोलाउँदापनि उनी नबोलेपछि ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । प्रहरीलाई साढे ८ बजेतिर खबर गरिएको थियो । इप्रका पाटनका प्रहरी प्रमुख साउदका अनुसार प्रहरी घटनास्थल पुग्दा साढे ९ बजी सकेको थियो ।

हालसम्म कुंवर मृत्युको कुनै कारण खुली नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
उनको शबको सोमबार पोष्टमार्टम भएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *