२०८३ कार्तिक १९ गते बुधवार

पाल्पामा लाग्ने भगवती जात्राको अवशरमा मुख्यमन्त्रीको शुभकामना सन्देश

दाङ, भदौ १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा एक सन्देश मार्फत शुभकामना दिएका छन ।


नेपाल र इस्ट इन्डिया कम्पनीबीच विक्रम संबत १८७१/०७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाउने गरिएको छ ।


विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको मन्दिर स्थापना गरी रथ जात्राको परम्परा सुरु गरेको ऐतिहासिक तथ्य छ ।

‘यो जात्राले केवल विजयको गौरव मात्र नभई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको छ,’ शुभकामना सन्देशमा आचार्यले भनेका छन् ‘यसले आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै पुराना परम्परा र धार्मिक मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’


मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजनाहरू अघि बढाएको उल्लेख गरेका छन् ।


हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको उनले बताएका छन् ।


जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतवार पाल्पामा सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *