२०८३ कार्तिक २२ गते शनिवार

हिमालका कक्षा ११ बिद्यार्थीलाई स्वागत

तुलसीपुर, साउन ३० । तुलसीपुरको हिमाल एकाडेमीमा कक्षा ११ मा अध्यनका लागि भर्ना भएका नयाँ बिद्यार्थीलाई कक्षा १२ का बिद्यार्थीले एक कार्यक्रम गरि स्वागत गरेका छन् ।

यो बर्ष कक्षा ११ मा नयाँ चार सय बढी बिद्यार्थी भर्ना भएको विद्यालयका एकाउन्टेन शालिकराम वलीले बताए । कक्षा १२ पनि चार सय बढी बिद्यार्थी अध्यनरत छन् ।

तुलसीपुरस्थित कराइ इभेन्टमा आयोजित स्वागत कार्यक्रम कक्षा १२ मा अध्ययनरत छात्रा आशिका चौधरीको अध्यक्षतामा भएको हो ।


नयाँ आगन्तुतक बिद्यार्थीलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समितिका अध्यक्ष विनयकुमार मिश्रले विद्यार्थीलाई मेहनतका साथ पढ्न आग्रह गर्दै उज्जवल भविश्यको शुभकामना दिएका थिए ।

जस्ले बिद्यार्थी माझ मानव जीवनमा अध्ययन तथा अनुशासनको महत्वबारे चर्चा गरेका थिए । बिद्यार्थीको लगनशिलता, शिक्षकको मेहनत र विद्यार्थीको बिश्वासले मात्रै शैक्षिक गतिबिधि पूर्ण हुने उनले बताए ।

विद्यालय ज्ञान आर्जन गर्ने थलो मात्रै नभइ भविष्य निर्माण गर्ने प्रमुख थलो हुने हुँदा अध्ययनमा ध्यान केन्द्रित गर्न मिश्रले आग्रह गरेका थिए । प्रबिधिको दुरुपयोग नगरी सदुपयोग गर्न आग्रह गरेका उनले किताबी ज्ञान संगै जिवन उपयोगी ब्यबहारिक कुराहरु पनि सिक्न बिद्यार्थीलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि विद्यालयका प्रधानध्यापक मधुसुदन केसीले विद्यालय ज्ञान आर्जन गर्ने प्रमुख थलो भए पनि हरेक विद्यार्थीलाई चरित्रवान र जिम्मेवार नागरिक बनाउने ठाउँ भएको बताए ।

प्राध्यापक केसीले असल बिद्यार्थीले आँफुलाई केवल परीक्षाको तयारीमा मात्र सीमित राख्न नहुने बरु व्यवहारिक सीप र जीवनका उपयोगी कुराहरु आत्मसाथ गर्दै आगडि बढ्न सुझाएका थिए ।


कार्यक्रममा विद्यालयका प्लस टूका संयोजक सन्तोष चौधरी, शिक्षक बासुदेवी आचार्य र दिपेन्द्र डिसीले बिद्यार्थीलाई मेहनतका साथ पढ्न आग्रह गर्दै उज्वल भविश्यको शुभकामना दिएका थिए ।


विद्यालयका सहायक प्रधानाध्यापक नविन कुमार पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा १२ की विद्यार्थी मुना बुढाथोकी र शिक्षक भिमलाल मरासेनीले गरेका थिए ।
त्यसक्रममा बिद्यार्थीले सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *