दाङ, साउन २८ । नेपालगंजबाट प्रहरीले एक जना युवकलाई ठूलो परिमानमा ब्राउन सगुरका साथै नगद र गरगहनासहित पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका – १४ अधौपुरवाका २८ बर्षीय रमेश लोनियालाई मंगलबार बेलुकी ८ बजेतिर पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो नेपालगंजको संयुक्त प्रहरी टोलीले बिषेश सुराकका आधारमा लोनियालाई बाटोमा हिडिरहेका बेला नियन्त्रणमा लिएको थियो । शरिर खान तलासीका क्रममा ठूलो परिमानमा आगुऔषध, नगद र गरगहना बरामद भएको हो ।
बाँकेका पहरी प्रमुख एसपी रामप्रशाद घर्ती मगरका अनुसार लोनियाको साथबाट साढे १५ ग्राम ब्राउन सुगर, २२ लाख तीन हजार नौं सय १५ रुपैयाँ र ठूलो परिमानमा सुन तथा चाँदीका गरगहना बरामद भएको छ ।
घर नजिकै सडकमा हिडिरहेका लोनियाको शरिर खानतलासी गर्दा ब्राउन सुगर बरामद भइ सकेपछि प्रहरीले उनको घरमा खान तलासी गर्दा कोठाबाट ठूलो मात्रामा नगद रकम र सुन तथा चाँदीका गरगहना बरामद भएको हो ।
लोनियाको घरबाट सुन जस्तो देखिने गहनाहरु मध्य कडा ६ थान, हार २ थान, सिक्री ३ थान, कानबाली १ थान, झम्का ३ जोडी, औंठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, फूली १ थान, सानो रिङ ६ थान, शिरबन्दी २ थान, तिलहरी २ थान, मंगल सुत्र ५ थान र जन्जिर २ थान बरामद भएको छ ।
त्यस्तै चाँदीको जस्तो देखिने खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औंठी ३३ थान, सिक्का २१ थन, कानमा लगाउने रिङ ३ थान, झुम्का ४ थान, ब्रासलेट ५ थान, जन्तर १ थान, पायल १४ थान, माला ५ थान, ठूलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, महिलाले हातमा लगाउने ब्रासलेट २ थान, ठूलो पायल २ थान, सानो ठूला टुक्राहरु ११ थान बरामद भएको छ ।
लोनियाबाट बरामद भएको धातुको परिक्षण हुन भने बाँकी रहेको एसपी घर्तीले बताए । त्यस्तै लोनियाको साथबाट ५ थान खुकुरी, डिएसलएल क्यामेरा १ थान र बिभिन्न कम्पनीका एन्ड्रोइड मोवाइल १० थान बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले बताए ।
प्रहरीले लोनियाले प्रयोग गर्ने दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
