२०८३ कार्तिक २२ गते शनिवार

घर्तीगाउँमा जिप दुर्घटनामा परि १४ जना घाइते , ४ को अवस्था गम्भीर

दाङ, साउन २८ । रोल्पाको घर्ती गाउँमा यात्रुबहाक जिप दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


गम्भीर घाइतेहरुमा रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ बर्षीय तिलराम खत्री , माडी – ३ दारेकाटनाका ५५ बर्षीय कमल वली, सोही ठाएँकी – ६० बर्षीया कौशिला वली, परिवर्तन गाँउपलिका – ३ बागमाराकी २५ बर्षीया पवित्रा रोका मगर छन् ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार उनीहरु सबैको अवस्था अचेत छ ।
दुर्घटनाका घाइते मध्य इलाका प्रहरी कार्यालय घर्ती गाउँमा कार्यरत प्रहरी जवान कमलेश यादवको अवस्था भने मध्यम छ । यि पाँच घाइते अधिकाँसलाई टाउको लगाएत शरिरका बिभिन्न भागमा चोट पटक छ ।


जिल्ला अस्पतालमा उपचाररत घाइतेहरु मध्य परिवर्तन गाउँपालिका – ३ बागमाराका पवित्रा रोका मगरका श्रीमान ३१ बर्षीय भिमसेन रोकाको अवस्था भने सामान्ने रहेको प्रहरी निरीक्षक शाहीले बताए ।


दाङको घोराहीदेखि सहिद मार्ग हुँदै रोल्पाको तालावाङ तर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी सडकदेखि झन्डै ३० मिटर मुनी खसेको थियो । गाडी दिउँसो पौने २ बजेतिर माडी – २ ब्याङखोलामा गाडी दुर्घटनामा परेको थियो ।

त्यो दुर्घटनाका अन्य सामान्ने घाइतेहरुमा माडी– ३ तालाबाङकी २६ बर्षीया रेजिना रामिजाल, सोही ठाउँकी १४ बर्षीया पूर्णकला बिक, १७ बर्षीया शर्मिला बिक, १८ बर्षीया एलिशा घर्ती मगर , १७ बर्षीय मनोज बिक, १४ बर्षीय नबिन बिक , माडी – ५ भावाङका २० बर्षीय बिबेक घर्ती मगर र चालक रोल्पा नगरपालिका – ७ दाङवाङका २७ बर्षीय होम नारायण बिक घाइते भएका छन् ।

उनीहरु सबैको माडी गाउँपािलका –२ घर्ती गाउँस्थित स्मृति हस्पिटलमा उपचार भइ रहेको छ । प्रहरीका अनुसार गाडी चालक २७ बर्षीय होम नारायण बिकलाई प्रहरीले सामान्ने उपचार पछि नियन्त्रणमा लिएको छ ।


जिप दुर्घटनामा परेको केही बेरमै सोही जिपमा सवार सामान्ने अवस्थाका घाइते यात्रु्ले प्रहरीलाई टेलिफोन गरि सूचना दिएका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरि अस्पताल पठाएको थियो ।


जिपमा सावर कुल १४ जना यात्रु सवार थिए ।
दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *