२०८३ कार्तिक २२ गते शनिवार

वडा सभापति बुढाथोकीलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण


दाङ,साउन २६ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–३ का सभापति शरद बुढाथोकीको नाम जोडेर विभिन्न सञ्चार माध्यममा आइरहेका समाचार र सामाजिक सञ्जालमा आएका विषयप्रति नेपाली कांग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घट्नामा वडा सभापति बुढाथोकीको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ ।

वडा सभापति बुढाथोकीको कुनै संलगनता नहुँदा नहुँदै पनि राजनीतिक पूर्वाग्रह राखी बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा बाहिर ल्याइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


साथै कांग्रेस दाङले घट्नाको सत्यतथ्य बुझेर समाचार प्रकाशन/प्रशारण गर्न आग्रह गर्दै तथ्यहीन समाचार र सामग्री प्रकाशन नगर्न सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *