२०८३ असोज २४ गते शनिवार

तीन दिन अघि गोहीको झम्टिएर पानी भित्र लगेका युवकको खोजी जारी

दाङ, साउन २२ । तीन दिन अघि गोहीले झम्टिएर पानी भित्र लगेका युवकको खोजी कार्य जारी छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक कर्णाली नदीको भंगालो खौराहा खोलामा मधुवन नगरपालिका –१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगर गोहीले पौडीखेल्ने क्रममा आक्रमण गरेको थियो । यो घटना मंगलबार बेलुकी सवा ५ बजेतिर घटेको थियो ।

थारु संगै नुहाउन भनेर गएका अन्य दुई जनाले साथीले टाउकोमा झम्टिएर पानी भित्र लगेको प्रत्यक्ष देखेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको हात्तीसार नजिक खौराहा खोलाको बीचको उकास जग्गामा उभिएर पौडी खेलेर खोला पार गर्न खोज्ने क्रममा थारुलाई गोहीले आक्रमण गरेको थियो ।


खोला किनारमा बसेका दुई साथीले गोही आएको देखेपछि भाग्न थारुलाई खबरदारी गरेका पनि थिए । तर, तीब्र गतिमा गोहीले थारुको टाउकोमा झम्टिएर पानी भित्र लगेको थियो ।


थारुको खोजी निकुञ्जको दुई वटा हात्ती र मोटरबोटको साहेतातले मंगलबार राति नौं बजे भन्दा पछिसम्म गरिएको थियो । पानीमा हात्ती मात्रै सहजै प्रबेश गर्न सक्ने भएर खोजी कार्यमा निरन्तर हात्तीको प्रयोग हुँदै आएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार गोहीले झम्टिएर लगेका युवकको खोजी कार्य तीन दिनदेखि निरन्तररुपमा हुँदै आएको बताए ।

वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका सूचना अधिकारी पौडेलका अनुसार मगर गोहीको आक्रमण पछि बेपत्ता थारुको खोजीका लागि निकुञ्जका दुई हात्ती, मोटरबोटको प्रयोग गरि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिदै आएका छन् ।

केही दिन यताको निरन्तरको बर्षाले खौराहा खोलामा पानीको बहाव बढेको हुँदा त्यसले पनि खोजी कार्यमा केही कठिनाइ उत्पन्न भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *