२०८३ असार ५ गते शुक्रवार

देउखुरीमा सर्पदंशबाट पूर्व प्रअको मृत्यु

तुलसीपुर , साउन १३ । दाङको देउखुरीमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–३, खरदरीयास्थित शंकर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ५५ बर्षीय शालिकराम यादवको सर्पदंशबाट मृत्यु भएको हो ।

पूर्व प्रअ यादबलाई खरदरीयास्थित आफ्नै घरको आँगनमा बिहान ५ बजेतिर योगा गर्ने क्रममा बिषाशु सर्पले डसेको थियो ।

जिल्ला प्रहरी कार्याल दाङका अनुसार यादवलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।


त्यही उपचारका क्रममा सोमबार बिहान साढे ८ बजेतिर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *