२०८३ असार ५ गते शुक्रवार

नेपालगंजबाट रुकुम जाँदै गरेको गाडी सल्यानमा दुर्घटना – १४ जना घाइते

दाङ, साउन ८ । बाँकेको नेपालगंजबाट रकुमका लागि छुटेको यात्रुबहाक फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।


बाँकेको नेपालगंजबाट सल्यानको राघेचौरहुँदै रुकुम पश्चिमको चौरजहारी तर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्वरको गाडी सल्यानको कुमाख गाउँपालिका– २ बढाइ ज्यूला नजिकै दिउँसो १ बजेतिर दुर्घटनामा परेको थियो ।

आँफै अनियन्त्रित भइ गाडी सडकदेखि ४५ मिटर तल खसेको थियो । दुर्घटनाको खबर पाए पछि इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का नेतृत्वको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेका अनुसार दुर्घटनामा परि सल्यानको कुमाख गाउँपालिका – ६ का २७ बर्षीय चालक पारश अचार्यको अवस्था गम्भीर छ ।

दुर्घटनाका घाइते मध्य एक जना घाइतेलाई रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारी र थप १३ जना घाइतेलाई उपचारका लागि नेपालगंज तर्फ पठाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *