तुलसीपुर, साउन ७ । तुलसीपुरका ब्यबसायी अनोद देवकोटाको ८७ कठ्ठा जग्गा आँफुहरुले कब्जा गरेको नेकपा (बहुमत)ले दाबी गरेको छ ।
नेकपा (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्काले फरककोण संग फोनमा देवकोटाको नामको तुलसीपुर उपमहानगरपालिका – १७ हेमन्पुर गाउँको ८७ कठ्ठा जग्गा बुधबारदेखि पार्टीले कब्जा गरेको दाबी गरेका हुन ।
मा एक जना ब्यबसायीको जग्गामा उक्त पार्टीका कार्यकर्ताले बुधबार दिउँसो झण्डा गार्दै जग्गा कब्जा गरेको घोषणा गरेका थिए । देवकोटाको नामको करोडौं मूल्य बराबरको जग्गामा उक्त पार्टीका कार्यकर्ता बताउने केही युवा पुगेर झण्डा गाडेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले भने त्यसबारे अनभिज्ञता ब्यक्त गरे । ‘कसैले झण्डा गाड्दैमा कसरी ब्यक्तिको जग्गा कब्जा हुन्छ,’ उनले भने ‘ हालसम्म यो बारे प्रहरीलाई कुनै सूचना वा जानकारी छैन ।’
देवकोटाको तुलसीपुरस्थित ग्वारखोलामा क्रसर उद्योगपनि छ । देवकोटा संग सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन । नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी खड्काले साङरिला बिकास बैंकले धितो राखेको लिलाम जग्गा पार्टीले कब्जा गरिएको बताए ।
माफिहरुले मिलेर सिधा सोझा जनतालाई घरबार बिहिन र जग्गा बिहिन बनाउन थालेको त्यसका बिरुद्धको आन्दोलन आँफुहरुले छेडेको उनले बताए । उनले सर्वसाधारण जनताले बाँच्न पाउनु पर्ने र यही ठाउँमा गरि खान पाउने वातावरण राज्यले सृजना गर्नुपर्ने माग गरेका थिए ।
पछिल्लो समय उग्रता पर्दशन गरि रहेको उक्त पार्टीका कार्यकर्ताले कानुन बिपरितका गतिबिधि गर्दै आएको प्रहरी प्रशासन बताउँछ । मिटर ब्याजीका नाममा घोराहीमा ब्यबसायीलाई कालोेमोसो दल्ने तथा नाक काट्ने जस्ता गतिबिधि गरेको थियो ।
जिल्ला सक्रेटरी खड्काले देवकोटाको लगानी रहेको नवलपरासीमा रहेको चितवन सिमेन्ट उद्योगको ३ बिगाहा क्षेत्रफलको जग्गासमेत बुधबार नै पार्टीले आफ्नो झण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् ।
खड्काले बिगतमा नेकपा (बहुमत)ले कर्णाली बिकास बैंकको बाँके नेपालगञ्जस्थित केन्द्रीय कार्यालयको बदमासीको भण्डाफोर गरेको कुरा गर्दै यतिखेर साङरिला बिकास बैंकले पनि त्यस्तै बदमासी गरेको पाइएकोले जनताको घर बास संरक्षणका लागि माफियाहरुको जग्गा कब्जा अभियान सुरु गरेको जिकिर गरेका थिए ।
