२०८३ असार ५ गते शुक्रवार

बालक कुटेपछि बोलाइएका उनी २० बर्ष कैद तोकिएका रहेछन्

तुलसीपुर, असार ३१ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद तोकिएका एक फरार प्रतिबादी अनौंठो घटनामा पक्राउ परेका छन् ।

जिल्लाको गढवा गाउँपालिका वडा नं. ३ खैरेनीका २७ बर्षीय अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगरलाई प्रहरी खासमा बालक कुटपिट घटनामा सोधपुछका लागि बोलाएको थियो ।


तर, अनुसन्धाका क्रमा उनी कतब्र्य ज्यान र नकवजनी चोरी मुद्दामा उच्च अदालत पाटनबाट २०७६।१०।२४ मा २० वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएका फरार प्रतिबादी भएको पत्ता लागेको हो ।


इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार दाङ जिल्ला अदालतको लगत नम्बर ३१८४ रहेका बुढा त्यसयता फरारको सूचिमा थिए ।

यो बीचमा बुढा कतै चुनु, कतै अर्जुन र कतै राजाबाबुको नाममा गाउँ घरमै बस्दै आएका थिए । जस्ले नाबालक छँदै ब्यक्ति हत्या जस्तो गम्भीर मुद्दा खेपेका थिए ।


प्रहरी अनुसन्धानबाट यो बीचमा बुढाले दाङको लमहीमा बालक प्रयोग गरि चोरी गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


गाउँमै बच्चा कुटेको अभियोग पछि सोधपुटका लागि असार ३० गते प्रहरीले बुढालाई बोलाएको थियो । अनुसन्धानका क्रममा बुढाको बिगतको राज प्रहरीले पत्ता लगाएको हो ।


मंगलबार अदालतबाट बुढाको सजाय बारे पत्ता लगाएर प्रहरीले बुढालाई जिल्ला अदालत दाङमा पेश गरेको थियो ।
तोकिएको सजाय भुक्तानका लागि मंगलबार नै उनलाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *