२०८३ असार ५ गते शुक्रवार

मिडिया हाउवसबाटै नेपाली नक्कली नोट र १९ केजी बढी अफिम बरामद

सञ्चालक तथा सम्पादक पक्राउ

दाङ, असार ३१ । कोहलपुरमा एउटा मिडियो हावसकै कार्यकक्षबाट प्रहरीले ठूलो परिमानमा अफिमसहित नक्कली नोट बरामद गरेको छ ।

कोहलपुर नगरपालिका – ११ नयाँ बस्तिमा कार्यालय रहेको ‘जनगर्जन नेटवर्क प्रालिको कार्यकक्ष’वाट मंगलबार बिहान प्रहरीले नेपाली १००० का ५१ थान नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम वरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले बताइन ।


कालिकोटको नरहरी नाथ गाउँपालिका – ४ घर भइ आफुलाई पत्रकार भनेर चिनाउने ४५ बर्षीय मानवहादुर सहकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर–११ मा सञ्चालित ‘जनगर्जन नेटवर्क प्रालि’ मानबहादुरले नै सञ्चालन गरेको मिडिया हाउस हो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार मानबहादुर उक्त मिडिया हाउसका अध्यक्ष तथा समाचार सम्पादक हुन ।


इप्रका कोहलपुरकी प्रमुख डिएसपी खनालका अनुसार उक्त मिडिया हाउसी सम्बाददाता रुकुम पश्चिमको बाफिकोट गाउँपालिका – १० की ३५ बर्षीया सपना पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सपना बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

डिएसपी पातलीका अनुसार सम्पादक मानबहादुरलाई पक्राउ पछि सुर्खेत लगिएको छ । केही समय पहिला सुर्खेतमा नक्कली नोट बरामद भएको थियो ।

त्यो नक्कली नोटको अनुसन्धान गर्दै जाने क्रममा मानबहादुर मंगलबार बिहान ११ बजेबाट ठूलो परिमानमा नक्कली नोट र अफिमसहित कार्यालयबाटै पक्राउ परेका हुन ।

साकारलाई सुर्खेतबाट खटिएको अनुसन्धान ब्युरोको टोलीले बाँके प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिर शाही केही बेरमै पक्राउ परेका सहकारीबारे पत्रकार सम्मेलन गरि बृस्तृत जानकारी दिइने बताए ।

तर, उनले नक्कली नोट र लागु औषध कारीबारीलाई खोज्दै जाने क्रममा मानबहादुर पक्राउ परेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *