२०८३ असार ५ गते शुक्रवार

हत्या कसुरमा बेलटाकुराका हमाललाई आजिवन काराबासको सजाय

दाङ, असार ३१ । छिमेकी महिलाको हत्या कसुरमा बेलटाकुराका एक ब्यक्तिलाई अदालतले आजिवन काराबासको सजाय तोकेको छ ।

जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराका ४२ बर्षीय टेकबहादुर हमाललाई आजीवन कारावास र पाँच लाख जरिवानाको फैसला सुनाएको हो ।

सोमबार जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले त्यस्तो फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए । टेकबहादुर अब आजिवन काराबास बस्नु पर्ने भएको छ ।

गाउँकी ४३ बर्षीया रिता लामिछाने दिउँसो घर बाहिरै बसेर बत्ती काटिरहेको समयमा खुकुरी लिएर गएका छिमेकी ४२ बर्षीय टेकबहादुरले घाँटी लगाएत बिभिन्न भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

हमालको खुकुरी प्रहारबाट नातासमेत पर्ने ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमालपनि गम्भीर घाउखत खेपेका थिए । चन्द्रकुमारीको लामो समय उपचार चलेको थियो ।

बीरबहादुर हमाल भने खुकरी प्रहार गर्दा हातले छल्दा हातमा चोट खेपेपछि भागेर ज्यान जोगाउन सफल भएका थिए ।
यो घटना २०८० असोज ६ गतेको थियो ।

घटना लगतै हमाललाई प्रहरीले घर भित्रै लुकेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले हमालका बिरुद्ध कार्तिक १२ गते कर्तव्य ज्यानसम्वन्धी मुद्दा चलाएको थियो भने कार्तिक १३ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *