दाङ , असार ३१ । दाङमा एकै दिन दुई फरक घटनामा परि चार जना किशोरको मृत्यु भएको छ ।
सोमबार दिउँसो तुलसीपुर उपमहानगरपालिका – ६ का – १८ बर्षीय कुशल बुढामगर र तुलसीपुर – ७ का १७ बर्षीय बिधान केसीको बबई नदीमा डुबेर मृत्यु भएको थियो ।
बबई गाउँपालिका – ५ स्थित पुरन्धारा छहरामा घुम्नका लागि साथीहरु संगै गएका मध्य बिधान नुहाउन भनेर पहिले छहरा नजिकैको बबई नदीमा पसेका थिए ।
प्रहरीका अनुसार नदीले उनलाई बगाएपछि साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । तर, दुभाग्य कुशललाई पनि नदीले बगाएर बेपत्ता पारेको थियो । उनीहरुको शब बेलुकी पख मात्रै बगेको ठाउँ भन्दा केही दक्षिणमा प्रहरीले फेला पारेको थियो ।
त्यस्तै घोराहीमा सोमबार बेलुकी पख भएको मोटरसाइकल दुर्घटनामा परि दुई किशोरको मृत्यु भयो । जिल्लाको गढवा गाउँपालिका – ८ घर भइ घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ बर्षीय रोहित बिक र १६ बर्षीय निशान बिकको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।
दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले उनीहरु सवार रा ७ प ३२७० नम्बरको मोटरासइकल घोराही – ३ स्थित सिस्ने खोलामा खसेको थियो ।
घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा मोटरसाइकलसहित खसेका गम्भीर अवस्थाका दुबै जनालाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।
चिकित्सकले चेकजाँच गर्दा दुबै जनालाई मृत घोषणा गरेका थिए ।
