२०८३ असार ५ गते शुक्रवार

तुलसीपुरका २ बिद्यार्थी बबईमा नुहाउने क्रममा बेपत्ता

तुलसीपुर , असार ३० । तुलसीपुरका दुई बिद्यार्थी बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।


पुरन्धारा छहरा नजिकै बबई नदीमा नुहाउने क्रममा तुलसीपुरका दुई बिद्यार्थी डुबेर बेपत्ता भएका हुन ।

तुलसीपुर उपमहानगरपालिका – ६ का – १८ बर्षीय कुशल बुढामगर र तुलसीपुर – ७ का १७ बर्षीय बिधान केसी सोमबार दिउँसो साढे २ बजे नुहाउने क्रममा बबई नदीमा डुबेर बेपत्ता भएका हुन ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार साथीहरु संगै बबई गाउँपालिका – ५ स्थित चर्चित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको थिए ।

बेपत्ता दुबै जना तुलसीपुरमै अध्यनरत बिद्यार्थी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *