२०८३ असार ७ गते आइतवार

शारदा नगरले बिपन्न युवाका लागि गाडी चलाउने सीप सिकाउँदै

दाङ, असार २८ । सल्यानको शारदा नगरपालिकाले बिपन्न युवालाई ड्राइभिङ तालिम सुरु गरेको छ ।


केही गर्न चाहाने बिपन्न परिवारका युवालाई सीप सिकाएर आत्मनिर्भर गराउने उदेश्यका साथ झन्डै दुई लाख बजेट बिनियोजन गरि १३ दिने ड्राइभिङ तालिम दिन थालेको नगर प्रमुख प्रकाश भण्डारीले बताए ।


तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर भण्डारीले केही गर्ने हुटहुटी पालेका बिपन्न युवालाई सीप सिकाएर स्वाबलम्बी बनाउने उदेश्यका साथ नगरले आफ्नै बजेटले तालिम सुरु गरेको बताएका थिए ।


सीप युक्त जनशक्ति तयार पारी शारदाका नगरबासीलाई आत्मनिर्भर बनाउने उदेश्य अनुरुप तालिमको आयोजना गरिएको उनले जानकारी दिएका थिए । उनले तालिमका सहभागीलाई ध्यान पूर्वक र मन लगाएर सीप सिक्न आग्रह गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै सेफवय ड्राइभिङ तथा वासिङ प्लेस दाङको तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँका सञ्चालक ऋषिराज लहरे (अरुण)ले स्थानीय बिपन्न समुदायका युवालाई सीप सिकाइ आत्मनिर्भर बनाउनका लागि शारदा नगरपालिकाले बजेट बिनोयोजन गरेको हूँदा त्यसको भरपुर सदुपयोग गर्न आग्रह गरेका थिए ।

सल्यानको श्रीनगरमा मेयर भण्डारीको अध्यक्षतामा शुक्रबार तालिमको उद्घाटन गरिएको थियो ।
तालिममा दश जना पुरुषहरु सहभागी छन् ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *