दाङ, असार २८ । रुकुम पूर्वको एक गाउँपालिकाकी कर्मचारी चुकुल लगाएको कोठा भित्र मृत अवस्थामा फेला परेकी छिन ।
सिस्ने गाउँपालिकाको कार्यालय सिस्ने – ६ खोपिचारकी २३ बर्षीया कोईली शाही झुण्डिएको अवस्थामा कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन ।
अबिबाहित शाही सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी थिइन ।
चुकुल लगाएको कोठा भित्र फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
