२०८३ असार ५ गते शुक्रवार

सन्दिपन रिजाल रोटरी र आकाँस सिंह रोट्रयाक्टको अध्यक्षमा चयन

दाङ, असार २८ । तुलसीपुरका सफल ब्यसायी सन्दिपन रिजाल रोटरी क्लब अफ तुलसीपुर र शिक्षक आकाँस सिंह रोट्रयाक्ट क्लब अफ तुलसीपुर बर्ष २०२५ / ०२६ का लागि अध्यक्षमा चयन गरिएका छन् ।

तुलसीपुरको दोघरेस्थित ‘मट्का होटेल’मा शुक्रबार बेलुकी अवेर आयोजित पदस्थापन कार्यक्रममा रोटरीका यसअघिका अध्यक्ष बिनिल केसीले सन्दिपन रिजाललाई पदहस्तान्तरण गरेका हुन ।

त्यस्तै रोट्रयाक्टका यसअघिका अध्यक्ष किरण पुनले आकाँस सिंहलाई पदहस्तान्तरण गरेका हुन ।


सन्दिपन रिजाललाई रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रममा बिशिष्ट अतिथि प्रेमकुमार शर्माले यसअघिका अध्यक्ष विनिल केसीबाट लिएर पीन र कलर लगाइ बधाइ ज्ञापन गरेका थिए ।


त्यस्तै आकाँस सिंहलाई रोटरी क्लबका अशिष्टेन गर्भनर तथा कार्यक्रममा बिशिष्ट अतिथि बीरबहादुर रावत (बीरु)ले यसअघिका अध्यक्ष किरण पुनबाट लिएर पीन र कलर लगाउँदै बधाइ र स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *