दाङ, असार २८ । एकाबिहानै जीप घुम्तीबाट खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
यो घटना बैतडीको हो ।
जिप दुर्घटनामा परि डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको हो ।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले घाइते दुबै जनालाई उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि लगिएको थियो ।
स्वास्थ्यकर्मीले चेकजाँच पछि चालकसहित दुई जनालाई साढे ७ बजेतिर मृत घोषणा गरेका थिए ।
दुर्घटनाका घाइते मध्य डिलासैनी–१ का २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामीलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनको प्रारम्भीक उपचार पछि थप उपचारका लागि धनगडी रिफर गरिएको प्रबक्ता पाण्डेयले बताए ।
अन्य चार जना भने उपचार पछि डिस्चार्ज भइ सकेका पाण्डेले जानकारी दिए ।
शनिबार बिहान साढे ५ बजेतिर बैतडीको पाटन नगरपालिका –६ खिपाली मोडबाट सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जिप ७० मिटर तल खसेको थियो । जिप धनगढीबाट बैतडीको गोकुलेश्वर तर्फ जाँदै थियो ।
दुर्घटनाको कारण खुली नसकेको छैन । दुर्घटना बारे अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
