दाङ, असार २० । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चलखेलका आधारमा बिनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन् ।
शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश कार्यसमित सुदूरपश्चिमको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गलत नियतले बिनियोजित बजेट कार्यान्वयन नहुने बताएका हुन ।
उनले बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा विनियोजन भएको पाइएमा त्यो कार्यान्वयन नहुनेब बताएका हुन ।
बजेट निर्माणका समयमा धेरै टिक्का टिप्पणीहरु आएको भन्दै कुनै आग्रह वा कुनै पूर्वाग्रहले आएका टिप्पनीहरुका पछि आँफु नलाग्ने पनि उनले स्पष्ट पारेका थिए ।
सही विश्लेषण गरी रिपोर्टिङ गर्न उनले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
