तुलसीपुर, असार १९ । घोराही कारगारमा ६ दिन पहिले चलान गरिएका एक युवकको बुधबार मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका – २ का ३३ बर्षीय जिवराज चौधरीको मृत्यु भएको छ ।
घोराही कारागारका जेलर लक्ष्मणसिंह राठोरका अनुसार चौधरी बलात्कार मुद्दामा पूर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका थिए ।
कारागार चलान गर्दाको अवस्थामा उनको स्थिति सामान्ने रहेपनि बुधबार राति साढे ९ बजेतिर उनी एकाएक बिरामी परेका थिए ।
त्यसपछि उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । साढे १० बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेको जेलर राठोरले बताए ।
कारागार चलान हुनु पूर्व चौधरीलाई थप २५ दिन प्रहरी हिरासतमा राखिएको थियो । चौधरीको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
