तुलसीपुर, असार १६। दाङ देउखुरीको राप्ती गाउँपालिकाले संभावित भारी बर्षा र निम्तन सक्ने बिपदलाई मध्यनजर गर्दै आँफु मातहतका सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिएका छन् ।
लुम्बिनीको राजधानीको केन्द्र रहेको राप्ती गाउँपालिकाले राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले सूचनालाई आधार मानेर संभावित बिपदका कारण असार १६ र १७ गते पालिकाका सम्पूर्ण शैक्षिक संघ संस्थाहरुलाई सार्वजनिक बिदा दिने आइबार निर्णय गरेको हो ।
राष्ट्रिय बिपद जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणले असार १४ गते जारी गरेको सर्तकता सम्बन्धि सार्वजनिक सूचनामा दाङ जिल्लामा भारी बर्षा हुने संभावना औंल्याउँदै उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो ।
सोही सूचनालाई आधारमानेर आइतबार गाउँपालिकाले दुई दिन पालिकाभरका सम्पूर्ण बिद्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बर्षे बिदाबाट कट्टी हुने गरी बिदा दिइएको वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जारी गरेको बक्तब्यमा उल्लेख छ ।
साथै बिकले बिदाको अवधिमा बालबालिकालाई साना तथा ठूला नदी, इनार, पोखरीजस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन र मौसमी बुलेटिनका अद्यावधिक जानकारीको आधारमा मात्र दैनिक कार्य सञ्चालन गर्न अनुरोध गरेका छन् ।

