तुलसीपुर, जेठ २७ । तुलसीपुरको बसपार्कमा मृत अवस्थामा फेला परेका एक युवकको अझैं पहिचान खुल्न सकेको छैन ।
उनी जेठ २४ गते बिहान साढे ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कको काउन्टरको दक्षिण तर्फ मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार अन्दाजी उनी ४२ बर्षका छन् ।
उनी माग्दै हिड्ने ब्यक्ति थिए । जस्को एउटा पाखुरामा अंग्रेजीमा वाइएयूएमआइ लेखिएको छ । अर्का हातको पाखुमा पनि ट्याटु छ ।
प्रहरीले सबैलाई मृतकको पहिचानका लागि आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
