२०८३ कार्तिक २२ गते शनिवार

तुलसीपुर आउँदै गरेको जिप दुर्घटना – तुलसीपुर ल्याइएका ६ मध्य एक जनाको अवस्था गम्भीर

दाङ, जेठ ११ । सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको जिप आइतबार दिउँसो दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् ।
तुलसीपुर ल्याइएका ६ घाइते मध्य एक जनाको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ ।


दाङको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले तुलसीपुरमा ल्याइएका घाइते मध्य कपुरकोट गाउँपालिका – ५ की १५ बर्षीया सपना बुढाथोकीको अवस्था गम्भीर रहेको फरककोणलाई बताए ।
उनकोको ढाड, टाउको र पेटमा चोट छ ।

त्यस्तै अन्य घाइतेहरु कपुरकोट – २ का ५५ बर्षीय गोरेलाल बोहोरो, कपुरकोट – ४ की ४६ बर्षीया सीमा बुढा, कपुरकोट – ५का ३८ बर्षीय बिजय बुढाथोकी, सोही ठाउँकी ६७ बर्षीया मनजिता बोहोरा र ३२ बर्षीया भिमा बुढाको अवस्था मध्यम छ ।

यी घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।
घाइते सबैको ढाड टाउको लगाएतमा चोट पटक छ ।

सल्यानको रिमबाट – दाङको तुल्सीपुर तर्फ आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका – ३ सातबासमा दिउँसो साढे १ बजेतिर दुर्घटना परेको थियो ।


सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेले दुर्घटनामा परि १२ जना घाइते भएको जानकारी दिए । घाइते मध्य ६ जनाको अवस्था सामान्ने रहेको उनले बताए ।
गाडिधनी तथा चालकसहित उनका आफन्त रहेको डिएसपी न्यौंपानेले बताए ।


डिएसपी न्यौंपानेले चालकले ओरालो झर्ने क्रममा एकाएक ब्रेक नलागेपछि गाडी दुर्घटनामा परेको र रुखले जोगाएको बताएका थिए ।


दाङको तुलसीपुर हुँदै सल्यानको कुपुरकोट जोड्ने राप्ती राजमार्ग निर्माणको लागि गत बुधबारदेखि बाटो बन्द गरिएको छ । सोही बैकल्पिक मार्गमा जिप दुर्घटनामा परेको हो ।


साँघुरो सडकका कारण साना गाडीहरु कपुरकोटदेखि बैकल्पिक मार्ग सातबास हुँदै सञ्चालन हुन सक्छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *