२०८३ असार ६ गते शनिवार

५० बर्षे ब्यक्तिको बसमा यात्राका क्रममै मृत्यु

दाङ, वैशाख ७ । रोल्पामा बसमा यात्रारत एक ब्यक्तिको मृत्यु भएको पाइएको छ । तर उनको मृत्यु भएको कुरा संगै यात्रारत कसैले पनि चाल पाएनन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका –५ हलंगाका ५० बर्षीय लालबहादुर खत्री यात्राकै क्रममा होलेरीमा मृत फेला परेका हुन ।


उनी रा १ ख २३५७ नम्बरको बसमा सवार थिए । त्यो बस दाङको घोराहीदेखि रोल्पाको जुगाँर तर्फ जाँदै थियो ।

होलेरीमा पुगेपछि उनी बस भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिजय चापागाइले जानकारी दिए ।


बसमा कुल १९ जना यात्रुखत्री उनी ७ / ८ नम्बरको सिटमा एक्ला बसेका थिए । बस दिउँसो १२ बजेतिर होलेर पुगेको थियो ।


खत्री मंगलबार बेलुकी मात्रै काठमाडौ बाट बसमा चढेर बुधबार बिहान दाङको घोराही आइ पुगेका थिए । घोराही बाट घर जान उनी बसमा यात्रारत रहेकै समयमा मृत्यु भएको हो । खत्रीका घर परिवार र आफन्त होलेरीमा आइ पुगेका छन् ।


प्रहरीले बस होलेरीमा रोकेर घटना अनुसन्धान भइ रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *