२०८३ असार ६ गते शनिवार

मजगाउँ जहदागाउँ खानेपानीको नेतृत्व चुन्न निर्वाचन

मुक्तबहादुर डिसीको पुरै प्यानल बिजयी

तुलसीपुर, बैशाख २७ । मजगाउँ– जहदागाउँ खानेपानी संस्थाको नेतृत्व चुन्न निर्वाचन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ क्षेत्रमा खानेपानी उपलब्ध गराउँदै आएको संस्थामा शनिबार नेतृत्व चुन्न निर्वाचन भएको थियो ।


निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलका निर्वाचन बाट अध्यक्षमा मुक्तबहादुर डिसी निर्वाचित भएका छन् । निर्वाचनबाट डिसी नेतेत्वको लोकतान्त्रिक समावेशी प्यानलको पुरै टिम बिजयी भएको हो ।


डिसीले १९२ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन । कुल ३०८ मत खसेकोमा डिसीका प्रतिष्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका पदमबहादुर केसीले १०० मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट डिसी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा जयसुद्रा चौधरी, सचिवमा पूजा वली , कोषाध्यक्षमा महावीर वली, सहसचिवमा झगुप्रसाद भुषाल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा टिकाराम चौधरी, बलबहादुर डाँगी, रेश्मा परियार, खिमबहादुर बुढाथोकी र नारायण आचार्य निर्वाचित भएका छन् ।


संस्थाको दोस्रो अधिवेशन सर्वसम्मत गराउने प्रयास संभवन नभएपछि शनिबार निर्वाचन भएको थियो ।

त्यो निर्वाचन बाट डिसी नेतृत्वको दश सदस्यीय नयाँ समिति निर्वाचित भएको हो । समितिमा एक जना सदस्य भने पूर्व अध्यक्षबाट मनोनित गर्न पाउने व्यवस्था रहेको छ

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *