२०८३ असार ६ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा परि चार जनाको मृत्यु

दाङ, वैशाख ८ । कालीकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।

ट्याक्टर चालक मुगु जिल्लाको खत्याडका २५ बर्षीय चन्द्रप्रकाश रोकायासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने अन्य तीन जना कालीकोटको पलाँता गाउँपालिका – ४ का २१ बर्षीय रविन्द्र विश्वकर्मा, सोही वडाकी ३२ बर्षीया सदु बुढा र पलाँता –५ की ३४ वर्षीया अम्मा शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।


गएराति मध्य रातिमा खाद्यान्न बोकेको अल्फाबेट नखुलेको ट्रयाक्टर कालिकोटको पलाँता गाउँपालिका – २ लार्फामा दुर्घटनामा परेको थियो ।

ट्रयाक्टर झन्डै दुई सय मिटर मुनी खसेको छ ।

ट्याक्टर खाद्यन्न बोकेर जिल्लाको पताँला –९ थिर्पूदेखि वडा नं. ४ तर्फ जाँदै थियो ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बतााएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *