नेपाली कांग्रेस दाङले यहि चैत २९ गते तेस्रो जिल्ला सम्मेलन गर्दै छ । वडा सम्मेलन देखि पालिका सम्मेलन र क्षेत्र प्रदेश सम्मेलनपछि जिल्ला सम्मेलनको अन्तिम तयारी पुरा भैसकेको दाङ कांग्रेसले जनाएको छ ।
घोराहीको बहुउद्देश्यीय सभाहलमा सम्पन्न हुने जिल्ला सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा लगायत केन्द्रिय सदस्यहरु सहभागि हुने छन् ।
आसन्न जिल्ला सम्मेलनको तयारी र दाङ कांग्रेसले थालेका नविन अभियानका सन्दर्भमा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगीसंग पत्रकार खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।
प्रश्नः पर्सि हुने दाङ कांग्रेसको तेस्रो जिल्ला सम्मेलनका विषयमा संक्षिप्त जानकारी गराइदिनुस् न?
उत्तरः हामीले जिल्लाका एक सय वटै वडामा वडा सम्मेलन, दशवटै पालिकामा पालिका सम्मेलन, ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सम्मेलनको सम्मेलन सम्पन्न गरेसंगै जिल्ला सम्मेलन गर्दै छौं । जिल्ला सम्मेलनको उद्घाटन गर्न पार्टि महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरु आउदै हुनुहुन्छ ।
सम्मेलनमा दाङ कांग्रेसले यो बर्ष सम्पन्न गरेका हरेक गतिविधिका विषयमा बार्षिक सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरीने छ । साथै वर्तमान राजनितिक परीस्थीतिमा आम कांग्रेसजनहरुले जिल्लामा गर्नुपर्ने कामका विषयमा आवस्यक निर्देशन उच्च नेतृत्वबाट लिने र जिल्ला तहमा देखिएका विभिन्न समस्या तथा अशल अभ्यासका विषयमा पनि यो सम्मेलनमा समिक्षा गरीने छ ।
साथै सम्मेलनको यो पनि उदेश्य हो कि राष्ट्रिय राजनितिमा के भैरहेको छ? त्यसमा कांग्रेसको धारणा के हो भन्ने विषय तल्लो तहसम्म पनि पुगोस भनेर यो सम्मेलनमा केन्द्रिय उच्च पदाधिकारीलाइ प्रमुख अतिथि बनाइएको पनि स्पष्ट पार्न चाहन्छु ।
प्रश्नः जिल्ला सम्मेलन सम्म आइपुग्दा जिल्ला नेतृत्वले के कस्ता अभियान जिल्लामा सन्चालन गर्नुभो?
उत्तरः हामी जिल्ला सम्मेलन सम्म आइपुग्दा यहि बर्ष हामीले नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्देशन अनुसार केन्द्रिय सदस्यको उपस्थीतिमा सय दिने अभियानलाइ जिल्लाका निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा सम्मै सम्मेलनका काम सम्पन्न गयौं ।
यसमा जिल्ला नेतृत्वले हरेक क्षेत्रमा अभिभावकिय नेतृत्व प्रदान गरेको पनि स्मरण गराउन चाहन्छु । साथै संगठन सुदृढिकरणको अभियान संगै क्रियाशिल सदस्यता नविकरणका कामहरु पनि मोटामोटि सम्पन्न भएका छन् । केहि वडामा क्रियाशिल सदस्यताका विषयमा देखिएका विवादहरु मिलाइ सकेका छौं ।
केहि वडामा भएका एक दुइ समस्यालाइ अव पार्टि जिल्ला नेतृत्व र संबन्धित वडा प्रतिनिधि बसेर मिलाउने अन्तिम तयारीमा पनि छौं । मलाइ लाग्छ, दाङ जिल्लामा क्रियाशिल सदस्यता नविकरणमा त्यति ठुला समस्या छैनन् । केहि सातामै ती समस्या समाधान भएर जाने छन् ।
प्रश्नः नेपाली कांग्रेस दाङले केन्द्रिय महासचिवको उपस्थीतिमा तेस्रो जिल्ला सम्मेलन गरीरहंदा राजधानीमा भने विभिन्न राजनितिक दल तथा समुहका उदण्डहरु देखिएका छन् । यसो हुनुमा यो व्यवस्थाकै कमजोरी हो कि व्यवस्थापनमा समस्या हो जस्तो लाग्छ तपाइलाइ?
उत्तरः हो, पछिल्लो समयमा राजधानीमा विभिन्न राजनितिक दल तथा समुहका प्रदर्शनहरु भैरहेका छन् । त्यसमा आम सर्वसाधारण नागरीकहरु पनि जोडिएको बुझिन्छ । यो हुनुको प्रमुख कारण भनेको यो राज्य व्यवस्थाको विकल्प खोज्नकालागी होइन ।
व्यवस्थापन नमिलेको जस्तो मलाइ लाग्छ । यो व्यवस्था प्रति जनताको वितृष्णाका कारणले यस्तो भएको हो, नकि राजतन्त्र प्रतिको आकर्षणले । यसमा सरकारले जनताका निराशा र वितृष्णालाइ सम्वोधन गर्न आवस्यक छ । साथै सरकारले गरेका नविनतम प्रगतिका विषयमा पनि आम जनतालाइ भन्न सक्नु पर्दछ । तर हामी भन्छौं, नेपाली कांग्रेसलेनै हामीले गरेका राम्रा कामहरुको प्रचार गर्न सकेका छैनौं ।
यी दुवै विषयलाइ पार्टि नेतृत्वले आत्मसमिक्षा गर्नुपर्छ भन्ने पनि हामीलाइ विश्वास छ । लोकतन्त्र भन्दा उच्चतम राजनितिक व्यवस्था राजतन्त्र कहिल्यै हुनै सक्दैन, किनकि हामीले यो व्यवस्था भोगिसकेका छौं । त्यसैले पनि लोकतन्त्रलाइ बलियो बनाउन नेतृत्व पनि आवस्यकता अनुसार करेक्शन हुन आवस्यक देखिन्छ । जनअपेक्षा अनुरुपम पार्टि अघि बढ्नु पर्दछ ।
प्रश्नः जनताका अपेक्षा सम्वोधनमा पार्टिको अग्रसरताको कुरा गर्नुभो, अहिले जिल्लामा पार्टि नेतृत्व र जनप्रतिनिधिहरु बीचको अन्र्तसम्वन्ध कस्तो बनाउनु भएको छ?
उत्तरः पार्टि नेतृत्वले गाइडलाइन बनाउने हो । काम गर्ने भनेको त जनप्रतिनिधिहरुले हो । हामीले यो विषयमा पटक पटक जनप्रतिनिधिहरुसंग बसेर वहश चलाउने गरेका पनि छौं । जनप्रतिनिधिहरुलाइ काम गर्न कहिकतै असहजता भए त्यसको व्यवस्थापनमा पनि जिल्ला पार्टिपंक्ती हर तवरले लागीरहेको छ । वडा तह देखि संघिय सांसद सम्मै हामीले यो विषयमा वहश गर्ने गरेका छौं । जनप्रतिनिधि र पार्टिको संबन्धमा जिल्लामा केहि समस्या छैन । सहकार्य भैरहेको छ । तर सिमित श्रोत साधनमा पनि कसरी जनताका अपेक्षालाइ सम्वोधन गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरुलाइ आवस्यक परामर्श दिने काम भने भैरहेको छ । मलाइ लाग्छ, पार्टिको मिशन वाहिर जनप्रतिनिधिहरु जानुभएको छैन ।
प्रश्नः सय दिने अभियान पनि सम्पन्न गरीसक्नु भो, यसको फिड्व्याक कस्तो पाउनु भो?
उत्तरः सय दिने अभियानले अहिले आम पार्टिपंक्तीमा थप उत्साह ल्याएको छ । थप उत्साह ल्याएको हामीले अनुभुति गरेका छौं । कांग्रेस सरकारमा रहंदा र नरहंदा पनि केन्द्रिय राजनितिमा गरेका अभियानका विषयमा सय दिने अभियानमा आम कांग्रेसजनहरुले जानकारी पनि पाउनु भएको छ । अझ भन्ने हो भने कांग्रेसले आफुले गरेका काम जनतालाइ भन्न नसक्दा केहि समस्या सृजना भएको पनि हो । पार्टिले गरेका नविनतम काम जन्तालाइ भन्न पनि सय दिने अभियान हो । यसलाइ हामीले बैसाख महिनामा एक पटक बृहत समिक्षा गर्ने पनि योजना बनाएका छा्रै ।
प्रश्नः तपाइ नेतृत्वको जिल्ला समितिले तेस्रो जिल्ला सम्मेलन गरीरहंदा कार्यालय व्यवस्थापन देखि सामाजिक अभियान सम्मका केहि कामहरु बताइदिनुस् न?
उत्तरः सवैभन्दा पहिला त हामी नेतृत्वमा निर्वाचनमा आएसंगै सवैभन्दा पहिलो काम त कार्यालय व्यवस्थापन हो । दैनिक रुपमा कार्यालय समयभित्र पार्टि कार्यालय पनि खुल्ने, आवस्यक परामर्श र छलफल, नियमित रुपमा जिल्ला कार्यसमितिको बैठक देखि तल्ला तहलाइ आवस्यक निर्देशन दिने, भ्रात्रिसंस्थाहरुलाइ निरन्तर पार्टिको सम्पर्कमा ल्याउन कार्यक्रमहरु आयोजना गर्ने तथा जिल्ला अधिवेशन गर्ने लगायतका कामहरु भैरहेका छन् ।
त्यसैगरी विश्व समुदाय सुचना प्रतिवधिको युगमा लम्किरहंदा पार्टि कार्यालयमा सुतीको कपडामा बाधिएका फाइलहरुलाइ कम्प्युटराइज गरीसकेका छौं । अव हरेक वडाका क्रियाशिल सदस्यको वायोग्राफि कम्प्युटरमै हेर्न सकिन्छ । त्यसैगरी पार्टि कार्यालयमै विपि वाचनालय निर्माण देखि स्वर्गिय नेता खुमवहादुर खड्काको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिताको चौथो संस्करण सम्म पनि हामी आइपुगेका छौं । यी कामहरु गरीरहंदा हामीमा नयां उर्जा र जोस जागर पनि थपिएको हामीले अनुभुति गरेका छौं ।
प्रश्नः अन्तमा तेस्रो सम्मेलनको पुर्वसन्ध्यामा आम कांग्रेस जनहरुलाइ केहि भन्नु छ कि?
उत्तरः हामी तेस्रो जिल्लाको पुर्वसन्ध्यामा छौं । यहि २९ गते घोराहीको वहुदेश्यिय सभाहलमा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउदै हुनुहुन्छ । यसमा सक्रिय सहभागिताकालागी आम जिल्ला नेतृत्व, क्षेत्रीय सभापतिज्युहरु, प्रदेश सभापतिज्युहरु, नेपाली कांग्रेसका विभिन्न भात्रि संस्था, सुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरु लगायत आम कांग्रेसजनहरुलाइ चुल्हे निम्तो दिन चाहन्छु ।