२०८३ कार्तिक २३ गते आइतवार

बसको ठक्करबाट ८० बर्षे बृद्धको घटनास्थलमै मृत्यु

दाङ , चैत २५ । रोल्पामा बसको ठक्करबाट एक जना ८० बर्षे बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।


बसबाट ओर्लिएर बाटो काट्ने क्रममा बसले ठक्कर दिदा ठक्करबाट रोल्पाको माडी गाउँपालिका – ८ औलका ८० बर्षीय देबराम घर्तीको सोमबार घटनास्थलमै मृत्यु भएको हो ।

रा १ ख २७७८ नम्बरको बसमा सवार घर्ती माडी गाउँपालिका – २ घर्तीगाउँ लिवाङमोड नजिकै बिहान ११ ः २० बजेतिर ओर्लिएर बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिएको थियो । घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


उक्त बस दाङको घोराहीबाट रोल्पा चुनवाङ हुँदै पूर्वी रुकुम तर्फ जाँदै थियो । घटना लगतै प्रहरीलाई ११ ः २५ बजेतिर स्थानीयले फोन मार्फत खबर गरेका थिए ।

नम्बर नखुलेको बसले एक पुरुषलाई ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको भन्ने खबर पछि इलाका प्रहरी घर्ती गाउँबाट प्रहरी निरीक्षक देबवसिंह भण्डारीको नेतृत्वमा ९ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।


घटना अनुसन्धानबाट घर्ती जुन बसमा चढेर आएका थिए, सोही बसले बाटो काट्ने क्रममा ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको खुलेको थियो । चालक रुन्टीगढी गाउँपालिका – ९ का ३२ बर्षीय प्रकाश बोहोरा प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *