दाङ, चैत २१ । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य बिरुद्ध दायर मुद्दा उपमेयर रत्नकुमारी पाण्डेले बिहीबार फिर्ता लिएकी छन् ।
उपमेयर पाण्डेले बुधबार अधिकृत आचार्य बिरुद्ध अभद्र ब्यबहार सम्बन्धि मुद्दा दिएकी थिइन ।
आचार्यले मंगलबार दिउँसो मदिराले मातेको समयमा आँफुले गल्ती गरेको भन्दै प्रहरी प्रशासन समक्ष माफी मागेका कारण बिहीबार उपमेयरले आफ्नो उजुरी फिर्ता लिएकी हुन ।
आचार्य श्रीमतिसहित प्रहरी कार्यालयमा पुगेर बिहीबार सार्वजनिक रुपमै माफी मागेका थिए । आचार्यले सबैका सामु त्यस्तो गल्ती कमजोरी फेरि नदोहर्याउने प्रतिबद्धतापनि जाहेर गरेका थिए ।
मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आइ आचार्य झगडामा उत्रिएका थिए । आचार्यले मेयर र उपमेयरलाई मनपरी गाली गलौज गर्नुका साथै सडक छाप बनाइ दिने धम्की दिएका थिए । मदिरा सेवन गरि उपमेयरको कार्यकक्षमा गइ टेबुल ठटाउँदै उनले मनपरी बोलेका थिए ।
आचार्यको त्यो हर्कत बिरुद्ध बुधबार नगर कार्यपालिका बैठक बसेको थियो । बैठकले आचार्यले बिरुद्ध मुद्दा चलाउने निर्णय पारित गरेको थियो । सोही निर्णय अनुसार उपमेयर पाण्डेले आचार्य बिरुद्ध मुद्दा दायर गरेकी थिइन ।
बिहीबार मेयर छबिलाल थारुले साइबर क्राइम सम्बन्धि मुद्दा दिने तयारी थियो ।
तर, त्यसअघि नै आचार्यले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बिहीबार सार्वजनिक रुपमै माफी मागी सकेका थिए । जस्ले पनि मेलमिलापका लागि वातावरण सहज बनाउन भूमिका खेलेको थियो ।
आचार्यले आँफै सामाजिक सञ्जालमा लेखेका कुराहरुको खण्डन गर्दै ती गलत भएको भन्दै माफी मागी सकेका थिए । प्रमुख आचार्यले सार्वजनिक रुपमै बक्तब्य जारी गरि माफीपनि मागेका छन् ।
मातेर कार्यालयमा पुगेका प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित तीन जना कर्मचारीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । आचार्य बाहेक अन्य दुई कर्मचारी भने झगडामा सामेल थिएनन् । मापसे चेकजाँचका क्रममा पनि आचार्यको मात्रैे पुष्टि भएको थियो ।
तर, त्यही दिन बेलुकी नै प्रहरीले तीनै जनालाई जिम्मा लगाएर छोडेको थियो ।
प्रहरी नियन्त्रणमा रहेको समयमा आचार्यले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर छबिलाल थारुलाई गम्भीर आरोप लगाएका थिए ।
पाउर टिलर खरिदमा ठेकेदार संग पाँच लाख नपाएको झोकमा आँफुमाथि हर्कत गरेको लेखेका थिए । त्यसैका बिरुद्ध मेयर साइबर क्राइम सम्बन्धि मुद्दा दिने अन्तिम तयारीमा थिए । तर, आचार्यले माफी मागेपछि कुरा मिलेको छ ।
आचार्य स्वएंमले मंगलबार बेलुकी लेखेको स्ट्याटस गलत रहेको कुरा बिहीबार दिउँसोको स्ट्याटस मार्फत आँफै स्वीकार गरेका छन् ।
आचार्यले पुरानो स्ट्याटसपनि हटाइ सकेका छन् । आचार्यले आँफुले मंगलबार पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको तथा नगर प्रमुख चौधरीको त्यसमा कुनै पनि संलग्नता नभएको उल्लेख गरेका छन् ।
नगर प्रमुख माथि हुन गएको अपमान , इज्जत, मानमर्दन र सामाजिक भावनामा समेत चोट पुग्न गएको प्रति उनने क्षमा मागेका छन् ।
त्यस्तै उपमेयर रत्नकुमारी पाण्डे प्रति गरेको अपमानजनक कार्यप्रति पनि उनले सार्वजनिक रुपमै क्षमामागेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालका अनुसार बिहीबार प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयर संग माफी मागेको बताए ।
आाँफै उपस्थित भइ सबैका सामु गल्ती भएको भन्दै माफी माग्दै एक पटकलाई क्षमादिन गरेको आग्रह अनुसार उपमेयर पाण्डेले बुधबार दिएको अभ्रद्र ब्यबहार सम्बन्धि मुद्दा फिर्ता लिएकी थिइन ।
प्रमुख प्रशासकीय अधिकृत दीकपकुमार आचार्य आगामी बैशाख १४ गते अनिवार्य अवकासमा जाँदै छन् ।
प्रमुख प्रशासकीय अधिकृतले क्षमा माग्दै लेखेको स्ट्याटसमा स्ुबेदी खगेन्द्रले ‘जाँड छुट्यो त ? भनेर कमेन्ट लेखेका छन् ।
केशब पाण्डेले ‘ चिसै पानीले नुहाएको हो त, दीपक सर । कि भाग आइ पुग्यो ’ भन्ने कमेन्ट गरेका छन् । जोशी धामीले ‘ जता गएपनि किन यस्तो हो के दीपक सर’ लेखेका छन् ।
आचार्यको बिहीबार दिउँसोको स्ट्याटसमा सुरुमा प्रतिक्रिया जनाएका डन्दमन बिएम बुढाले– ‘ गजबको कथा हो नि सर, कैलालीको ठिकै थियो’ लेखेका छन् । यसअघि यस्तै बिबाद र हर्कदहरु पर्दशन गर्ने गरेको जानकारहरु बताउँछन् ।
