दाङ, चैत १८ । बाजुरामा आँगनमा खेलिरहेका एक बालकलाई चितुवाले लगेको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका – ३ धुर्तोलाका ८ वर्षीय विजय रावतलाई आइतबार बेलुकी सात बजेतिर घरको आँगनमा खेली रहेको समयमा चितुवाले लगेको थियो ।
चितुवाले बिजयलाई झम्टिएर लगेपछि स्थानीयले हारगुहार गरेका थिए । बिजयको शब आँगनदेखि करिब डेढ सय मिटर टाढा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरीले घरको आँगनमा पानी धारा नजिकै खेली रहेको समया चितुवाले बालकलाई आक्रमण गरेको बताए ।
बालकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइ रहेको डिएसपी गिरीले बताए ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
