२०८३ कार्तिक २२ गते शनिवार

पानी अडियोस भनेर कमलपोखरीमा भेडा र भालेको बली चढाइयो

पुरेत र गुरुवा बोलाएर पूजा आरधना गरियो

 दाङ, कात्तिक १५ । तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित कमलपोखरीमा सोमबार बिहान पुरेत रामचन्द्र देवकोटालाई बोलाएर पूजा आरधना गर्न लगाइएको हो ।

त्यसअबसरमा मेयर टीकाराम खड्का, वडाध्यक्ष दुजमान भण्डारी (बर्षात), कमल पोखरी सुधार तथा मर्मत आयोजनाका इञ्जिनियर शरद अधिकारी, प्राबिधि र स्थानीयको उपस्थितिमा पूजा आरधना भएको हो ।
पुरेत देवकोटाका अनुसार आँफुलाई इञ्जिनियर र स्थानीयले गरेको आग्रह अनुसार जलदेवता (बरुण) बरुणको पूजा गरि क्षमायाचना मागिएको हो ।


‘जति पटक मर्मत गरेपनि पोखरीमा पानी नअडिएको हुँदा तपाँइ आएर पूजा गरिदिनु प¥यो भनेर बोलाएपछि म गइ मेयर र वडाध्यक्षको उपस्थितिमा पोखरीमा पूजा आरधना गरिएको हो,’ देवकोटाले भने ‘पोखरी भएको ठाउँमा बिगतमा  देबी देबताको बासस्थान थियो र कि किन पानी अडिएन भनेर मनाउन पूजा गरिएको हो ।’


स्थानीय कल्पना चौधरीका अनुसार  संङ्ख बजाउँदै पुरेत र उपस्थित अन्यले तालको वरिपरी हात जोडेर परिक्रर्मासमेत गरेका थिए । कमलपोखरीको परिशर भित्र पश्चिम तर्फको चौपारी नजिककै पर्खालमा देबी देबताका आकृर्तीहरु  निर्माण गरिएको छ ।


त्यसको दोस्रो दिन मंगलबार बिहान तालमा एउटा भेडाको साँडो र कुखुराको भाले बली चढाइयो । दंगीशरण गाउँपालिका – ५ डाँडाचिसबाट गुरुवा भिखु चौधरीलाई पूजा आरधनाका लागि बोलाइएको थियो ।
थारु जातिले बिगतमा जिल्लालाई बिभाजन गरे अुनसार तुलसीपुर पश्चिम पातुप्रगन्ना अन्तगर्त पर्छ ।

थारु समुदायमा अहिले पनि पातु प्रगन्ना अन्तगर्त ग्वारखोलादेखि पश्चिमको भूभाग दक्षिणको उत्तरकुरहरिया गाउँ, त्यो भन्दापनि दक्षिणको तुही दाङदेखि हरिपौरा गाउँसम्मका प्रमुख पूजारी  डाँडाचिसका गुरुवा भिखु नै प्रमुख हुन । उनले आँफुले बिगत पाँच बर्षदेखि आफ्नो प्रगन्नामा पूजा गर्दै आएको बताए ।


‘यो तुलसीपुरको कमलपोखरीमा जति मर्मत गरेपनि कहिलै पानी अडेन तपाँइ आएर पूजा गरिदिनु प¥यो भनेपछि म आएको हुँ,’ उनले भने ‘ अब मैले पूजा गरि सके पछि यो तालमा पानी अड्छ र यहाँ अब कुनै घटना वा क्षतिपनि हुँदैन भन्ने हो ।’


कमलपोखरी मर्मतका लागि खटिएका इञ्जिनियरद्धय शरद अधिकारी र सनम तजले जति पटक मर्मत गर्दापनि तालमा पानी नअडिएपछि स्थानीय अग्रजहरु संग राय सुझाव लिएका थिए । उनीहरुको आग्रहमा पुरेत र गुरुवा बोलाएर लगातार दुई दिन पूजा आरधना गर्नुका साथै बलीसमेत चढाएका हुन ।


तुलसीपुर – ६ रजौराका ५७ बर्षीय भेदु चौधरीले जति पटक मर्मत गर्दापनि केही गर्दापनि पानी नअडिएको हुँदा ‘जल बराह’ रिसाएको ठानेर एउटा भेडाको साँडो र कुखुराको भालेको बली दिनु पर्छ भन्ने सल्लाह भएको बताए ।
‘यहाँ जति पटक मर्मत गरेपनि दुलो प¥यो र कहिलै पानी अडिएन,’ उनले भने ‘ त्यही भएर जल बराह रिसाय कि भन्ने ठानेर गुरुवा बोलाएर पूजा गरि बली चढाउन लगाएका हौं ।’


पहिलो दिन पुरेत राखेर पूजा आरधना गरेपछि गोलौरा कुलोवाट पोखरीमा पानी भरिएको छ । त्यसैले फेरि यतिखेर  पानीले पोखरी भरिभराउ भएको छ ।
स्थानीय ७४ बर्षीय चन्द्रराम चौधरीले करिब ६० बर्ष पहिले सोही कमलपोखरी परिशरमा पानीको लागि ६५ हात गहिरो इनार खन्दा पानी नआएपछि बराह पूजा गरिएको तथा त्यसपछि बल्ल इनारमा पानी निश्किएको  बताए । ‘ त्यो बेला अहिले जस्तो घर घरमा पानी कहाँ थियो,’ उनले भने ‘ आसपासका गाउँहरु राइखलियान, गोलौरा, टरिगाउँ एयरपोर्ट क्षेत्र, गुम्र्री गाउँ सबैले यही कमलपोखरीको इनारको पानी खान्थे ।’


इनार भत्किएपछि सोही इनार भएको ठाउँमा खानेपानीले डीप बोरिङ गर्दापनि त्यस्तै समस्या भएपनि फेरि पनि बराह पूजा गरि बली दिएपछि मात्रै पानी निस्किएको उनले बताए ।
‘ मेसिनले खन्दा खन्दा हैरान भाथ्यो, मेसिनको सामान भाँचिएको भाँचियै र जति गरेपनि पानी नस्किने ,’ उनले भने ‘ बराह पूजा गरि भेडाको साँडो र कुखुराको भाले बली दिएपछि त्यतिखेरपनि  बल्ल सहज भएको हो ।’

अहिले पनि कमल पोखरी उत्तर तर्फको परिशरमा खानेपानीको डीप वोरिङ छँदै छ । जस्ले रजौरा आसपासमा खाने पानी वितरण सहज भएको छ । चन्द्ररामले आफ्ना पूर्खाहरुवाट  कमलपोखरीको पानी पत्तालिदै थारुराजाको प्राचिन दरवार सुकौराको दक्षिण डुर्यामा निस्कन्छ भन्ने सुनेका थिए ।


बराह पूजामा आएका मध्य रजौराकै स्थानीय  ३४ बर्षीय गोबिन्द चौधरीले थारु गुरुवाले पूजा गरेपछि अब पोखरीमा पानी अडिने र सबै कुरा सुखद हुने आशा ब्यक्त गरे ।
‘ घरको जग खन्दा होस वा इनार हामी थारु जातिमा धर्ती पूजा गर्ने पुरानो प्रचलन हो,’ उनले भने ‘ यहाँ यति ठूलो परम्परागत पोखरी मासेर पक्की संरचना निर्माण गर्दापनि कहिलै पूजा नगर्नु गल्ती भएकै हो ।’


उनले आकर्षक डिजाइनमा चिटिक्क परेको पोखरी निर्माण गरिएपनि त्यसको निकास नबाउने कमजोरी पोखरीका इञ्जिनियर तथा डिजाइन कर्ताले गरेको गुनासो गरे । ‘ संधै समय एकै नास हुन्छ भन्ने कहाँ छ,’ उनले प्रश्न गरे ‘ यति सुन्दर र ठूलो पोखरी निर्माण गरेपछि ओभर फ्लो वा आउटलेट बनाउनु पर्छ कि पर्दैन ? यो कमजोरी भएकै हो।’


पोखरी मर्मत तथा सुधार आयोजनाका इञ्जिनिर शरद अधिकारीले आँफु भन्दा माथिका ब्यक्तिहरुले गरेको डिजाइनमा आँफुहरु  भने अनुसार काम गर्न मात्रै खटिएको हुँदा त्यसको दोष नदिन आग्रह गरे । उनले पनि आउटलेट भइ दिएको भए झनै राम्रो हुने तथा सरसफाइमा सहयोग पुग्ने बताएका थिए ।
कमलपोखरीको डिजाइन काठमाडौंका कलसन्ट्यान्ट इञ्जिनियर दीपकलोचन अधिकारीले तयार पारेका थिए । पानीको सन्तुलन नियाल्दा आउलेट आवश्यक रहेको नदेखिएको उनले बताए ।


‘केही पानी जमिनले पनि सोस्ने छ र केही वाष्पिकरण भइ उड्ने छ,’ उनले भने ‘ त्यो भन्दा बढी पानी पोखरीमा भरिनासाथ कुलोवाट पानी पोखरीमा राख्नका लागि बनाइएको पाइपवाट आँफै गोलौराको कुलोमा फर्किने छ ।’ अधिकारीले कुनै दिन अधिक बर्षा भएमा भरिएर पोखरीको वाल फुट्ने वा विष्फोट हुने अवस्था नरहेको बताए । ‘ त्यहाँ तालको वरिपरी पेटी वा फुटपाथ र रेलिङहरु निर्माण गरिएको छ,’ उनले भने ‘त्यो निकै बलियो छ र त्यसले गर्दापनि पोखरीको वाल जतिपानी भरिएपनि विष्फोट हुने अवस्था म देख्दिन ।’

पोखरी भित्र बढीमा दुई मिटरसम्म पानी जम्मा हुने गरि निर्माण गरिएको र हाल गोलौरा कुलोबाट पानी हालेर दुई दिनमा डेढ मिटर जति पानी भरिएको उनले बताए । केही पानी आँफै जमिनले सोस्दै जाने हुँदा त्यस्तो कुनै समस्या नहुने बताए ।


विदेशको मोडेल हेरेर नेपालमा बनाएको मध्य तुलसीपुर – ६ रजौराको कमलपोखरी पानी अड्याउनका लागि ‘बेन्टो नाइट पाउडर’ प्रयोग गरिएको एक मात्र पोखरी रहेको पनि उनले जानकारी दिए ।

कमल पोखरीमा स्थायी पानीको स्रोत नभएको हुँदा यो पोखरी निर्माणको औचित्य के थियो ? र भविश्यमा यसमा संधै भरि पानी अडिन्छ भन्ने के ग्यारेन्टी छ ? भन्ने प्रश्नमा – का कलसन्ट्यान्ट इञ्जिनियर अधिकारीले पोखरीमा पाउने आउने स्थायी स्रोत नभएपनि बर्षमा एक पटकसम्म गोलौरा कुलोवाट पानी भरेमा पानी रहिरहने दाबी गरे ।

त्यसको लागि पातुखोलाको शिरवाट पानी डो¥याएर सिंचाइका लागि प्रयोग हुने गोलौराका स्थानीयसंग आग्रह गरिनु पर्ने उनको आग्रह थियो । त्यस्तै इञ्जिनियर अधिकारीले तुलसीपुुर उपमहानगरका मेयर लगाएतका जनप्रतिनिधिसंग पनि पोखरीमा पानी ब्यबस्थापनका लागि नजिकै नगरले आफ्नै लागनीका डीप बोरिङ गर्ने सल्लाह भएको पनि बताए ।

पोखरी भित्र धेरै पटक समस्या आएपछि पछिल्लो समय पोखरीको पिँधमा वरिपरी आरसिसी ढलान गरिएको हुँदा अब फेरि  त्यस्तै समस्या आउँदैन भन्ने विश्वास गरिएको उनले बताए ।
त्यसका लागि थप दश लाख जति खर्च भएको अनुमान उनले गरे । यसअघि नै कमलपोखरीमा बिभिन्न निकायको दुई करोड बढी खर्च भइ सकेको थियो ।

स्थानीय ७१ बर्षीया भरथरी चौधरीले बिगतमा आफ्ना स्वर्गिय पति, पतिराम चौधरीले बैशाख जेठको सुख्खा समयमा पातुखोलाको शिरखोला गइ पानी डो¥याएर ल्याइ कमलपोखरीमा भर्ने गरेको अनुभव साटिन । ‘ मेरो बड्डा रजौरा गाउँका (महतौं) अघुवा थिए र म गाउँ घरमा सुडेनीको काम गर्ने हुँदा यही तालमा लत्ता कपडा धुन आउँथे,’ उनले भनिन् ‘ जब  जेठ महिनामा पानी कम हुन्थ्यो मलाई लुगा धुन सकस हुन थालेपछि मैले उहाँलाई भन्थे र उहाँ शिरकुला गइ पानी डो¥याएर ल्याइ पानी भर्नु हुन्थ्यो ।’


आफ्ना श्रीमानको मृत्यु भए पछि आँफुले पनि सुडेनीको काम छोडेको बताउने भरथरीले उतिखेर कमलपोखरीमा पुरै पानी कहिलै नसुकेको जानकारी दिइन । आज चिटिक्कै पारिएको तर पानी बिनाको पोखरी देख्दा आँफुलाई रुन मन लाग्ने गरेको उनले बताइन ।

‘त्यतिखेर पोखरी भरि कमल फूल्थे, मानिसहरु कमलका जराहरु उखेर लैजान्थे,’ उनले भनिन् ‘जब सुख्खा मौसममा पानी सुक्दै जान्थ्यो यसमा माछा र घाँगी खोज्नेहरुको भिडभाड नै लाग्ने गर्दथ्यो ।’ उतिखेर आसपासका गाइ भैसीले प्यास मेटाउने एक मात्र कमलपोखरी रहेको उनले बताइन ।

कमलपोखरी सुधार तथा मर्मत कार्य गर्दै आएका इञ्जिनिर शरद अधिकारीका अनुसार पोखरीको क्षेत्रफल (पर्खाल भित्र) तीन बिगाहा जति छ । पानी भरिने जमिनको क्षेत्रफल दुई बिगाहा जति रहेको उनले बताए ।
जतिपटक मर्मत गरेपनि ताल भित्र प्वाँल पर्ने तथा पानी नअडिने समस्या देखिएपनि स्थानीले भने अनुसार धार्मिक विश्वासका आधारमा पूजा आरधना लगाएतका कामहरु आँफुहरुले हाल ब्यक्तिगत खर्चमा गरेको पनि उनले जानकारी दिए ।  


पाँच वर्षअघिदेखि नै सुरू भएको कमलपोखरीको निर्माण कार्य गत वर्ष पूरा भएको थियो। तर, वर्षा याममा पनि यो तालमा एक थोपा पानी अडेको थिएन।
त्यो आलोचनाबाट जोगिन यूएसआइडीको तयार नेपालले झन्डै ६० लाख खर्चेर पोखरी मर्मत तथा सुधारको काम सुरु गरेको थियो ।

त्यो भन्दा पहिले पोखरी निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रूपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रूपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रूपैयाँ लगानी भइसकेको थियो।

अघिल्लो बाहेक यो आर्थिक बर्षमा तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो। त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको थियो।


फेरि पछिल्लो समय पोखरीको परिधिभित्रको वरिपरीको भाग आरसिसी ढलान गर्न झन्डै दश लाख जति खर्चिएको छ । त्यसपछि पुरेर राखेर र थारु गुरुवा बाट पूजा गरि बली दिएर बल्ल गौलौराको कुलावाट पोखरीमा पानी भरिएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *