तुलसीपुर, कात्तिक १ । बाँकेको कोहलपुरमा एक १२ बर्षीया बालिका माथि सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपसी धर्मराज भण्डारीका अनुसार पीडित किशोरीले बुधबार आएर आँफुमाथि भएको सामुहिक बलात्कार बारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो ।
जाहेरीका आधारमा बुधबार बैजनाथ गाउँपालिका – १ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ – १ गाभर गाउँका निर्मल थापा र बिजय कार्कीलाई पक्राउ गरि प्रहरीले घटना अनुसन्धान गरि रहेको छ ।
पक्राउ परेका मध्य जिवन रोकाया २४ बर्षका छन् भने अन्य चार जना सबै १९ बर्षका हुन ।
डिएसपी भण्डारीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा निशान रोकायाले ती बालिकालाई होटेलमा खाजा खान भनेर बोलाएका थिए ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका – ११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आँफुमाथि पाँच जनाले रातभर सामुहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन् ।
