तुलसीपुर, असोज ३० । घोराहीका ब्यबसायी दुर्गाप्रशाद पन्तमाथि कालोमोसो दलेको जिम्मा नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले दाङले लिएको छ ।
ब्यबसायी पन्त माथि मंगलबार बेलुका एक समुहले घोराहीमा कालोमोसो दलेको थियो ।
कलोमोसो दलेको जिम्मा नेकपा (बहुमत) पार्टीका जिल्ला सेक्रेटरी अमरले लिएका छन् । बिज्ञप्ति मार्फत उनले कालोमोसो दलेको जिम्मा लिएका छन् ।
नेकपा (बहुमत)ले पन्त दाङ जिल्ला कै नामुद सुदखोर रहेको जिकिर गरेको छ ।
पन्थले चर्कौ व्याजदरमा ऋण लगाएर अरर्बौंको सम्पत्ति जोडेको दोषारोपन गरिएको छ । झन्डै ३०० भन्दा बढी जग्गा धनी पूर्जा पन्थको नाममा रहेको दाबी नेकपा (बहुमत) को छ ।
पन्तले दाङदेखि काठमाडौसम्म दर्जनौं घर घडेरी जोडेका पन्थ लुटको धन लुकाउन राजनीतिक रुपमा समेत सक्रिय रहेको आरोप लगाइएको छ ।
जिल्लाका प्रहरी अधिकारीहरुले घटनाबारे अनुसन्धान भइ रहेको तथा घटनामा संलग्नहरुको खोजी भइ रहको बताएका छन् । पन्थी दाङ घोराही उपमहानगरपालिका –१४ मा बसोबास गर्दै आाएका छन् ।
