तुलसीपुर,असोज १७ । दाङका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी प्रमुख एसपी र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपीलाई तुलसीपुर उद्योग बाणिज्य संघले स्वागत गरेको छ ।
जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरु हालसालै जिल्लामा सरुवा भइ आएको हुँदा उनीहरु संग परिचयत्मक कार्यक्रम गर्नुका साथै तुलसीपुर उद्योग बाणिज्य संघले बिहीबार स्वागत गरेको हो ।
त्यो स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ कृष्णप्रसाद लम्सालले जिल्लाको शान्ति सुरक्षको लागि निजी क्षेत्र संगको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
बिहीबार तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लम्सालले जिल्लाको शान्ति सुरक्षा,सुशासन र बिकासका लागि सहकार्य आवश्यक रहेको बताए ।
निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्र चलायमान गराउन मदत पुगि रहेको भन्दै उनले राज्यले ब्यबसायिहरुको सुरक्षा, प्रबर्दन र ब्यबस्थापनमा प्राथमिकता राखेर काम गरि रहेको तर्क गरेका थिए ।
उनले सेवाग्राहीको सहजताका लागि कार्यालयमा हेल्पडेष्क स्थापना गरि छिटो छरितो सेवाका लागि लागि परेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिलसिनाले प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबै नागरिगले समयमै सही सूचना दिएर सहयोग गर्नु पर्ने बताए ।
शान्ति सुरक्षा कायम गर्न आम नागरिक संग प्रहरीले सहकार्य गर्ने उनले बताएका थिए । गुन्डागर्दीदेखि आगुऔषध र अपराध नियन्त्रणमा प्रहरीले बिषेश ध्यान दिने स्पष्ट पारे ।
जिल्लामा चाडपर्ब सुरक्षा योजना लागु भइ सकेको भन्दै कही कतै केही परे तत्काल नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरे ।
एसपी तिमिल्सिनाले राजमार्ग सुरक्षादेखि यात्रुबाहक सवारी साधनहरु चेक जाँचलाई कडाइ गर्न निर्देशन भइ सकेको जानकारी दिएका थिए ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब अध्यक्ष बिमल रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरी , नेपाल बिधुत प्राधिकरण तुलसीपुरका प्रमुख शिब गोसाली लगयतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उद्योगका उपाध्यक्ष बिश्व बस्नेतको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब केशबराज केसीले गरेका थिए ।
