२०८३ कार्तिक २३ गते आइतवार

स्व. आमाको स्मृतिमा मानव सेवा आश्रममा रेग्मी परिवारद्वारा भोजन सेवा


तुलसीपुर,असोज १४ । तुलसीपुर उपमहानगरपालिका वडा न १८ जमुनी निवासी अर्जुन रेग्मी,लक्ष्मी रेग्मी र अनिस रेग्मीले मानव सेवा आश्रम तुलसीपुरमा आश्रीत ब्यक्तिहरुलाई खाना खुवाएका छन ।

अर्जुन रेग्मीकी आमा स्व . जगदम्बा रेग्मीको स्मृतिमा सोमबार आश्रममा आश्रीत ६० जना ब्यक्तीहरुलाई
बेलुकीको खाना खुवाइएको हो ।

आश्रममा विभिन्न क्षेत्रबाट न्याय नपाएका ब्यक्तीलाई गरिएको मानव सेवामा थोरै सहयोग पुर्याउने उदेश्यले फजुल खर्च गर्नुको साटो एक छाक खाना खुवाएको छोरा अर्जुन रेग्मीले बताए ।

उक्त कार्यक्रममा नेपाली काग्रेसका युवा नेता बिदुर गौतमले कोहि नभएका/ केही नभएका आश्रीत ब्यक्तिहरुलाई खाना खुवाएर रेग्मी परिवारले पुन्यको काम गरेक भन्दै धन्यवाद दिए ।

साथै उनले हरेक ब्यक्तीले आफ्नो दैनिक हुने खर्चबाट बचाएर मानव सेवा जस्तो महान र पबित्र कार्यमा जोडिन आग्रह समेत गरे ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *