२०८३ कार्तिक २३ गते आइतवार

डुबेर एक युवकको मृत्यु

दाङ, असोज ८ । डुबेर एक युवकको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन ।

सोमबार बेलुकी करिब ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका – ३ पावर हाउस नजिकै तिनाउ खोलामा नुहाउने क्रममा २६ बर्षीय विशालकुमार जातबको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुुगन्ध श्रेष्ठले भारतको उत्तर प्रदेश आग्राबाट भ्रमणमा आएका जातब नुहाउन भनेर तिनाउ नदीमा पसेको र डुबेर मृत्यु भएको जानकारी दिए ।

पौडी खेल्न भनेर नदीमा पसेका उनी बेपत्ता भएको खबर पछि प्रहरी पुगेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *