२०८३ कार्तिक २३ गते आइतवार

कलमलाई संधै सत्यको उदघोष गर्ने साधनको रुपमा प्रयोग गर्नुहोस – मुख्य न्यायाधीश पाण्डेय

तुलसीपुर, ७ भदौ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले अहिले सूचना नै शक्ति भएको बताएका छन् ।

एच.आर मिडिया ग्रुपद्धारा संचालित इगल खबरको पहिलो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेयले अहिलेको युगमा सूचना सबै भन्दा शक्तिशाली भएको बताएका हुन ।
उनले सूचना बोकेर हिड्ने व्यक्ति सूचनारुपी शक्तिको संवाहक भएको हुँदा निकै जिम्मेवार र सम्बेदनशिल भएर कमल चलाउन आग्रह गरेका थिए ।

पाण्डेले सूचनाको दुरुपयोग भयो भने त्यसले ठूलै क्षती पु¥याउने पनि बताए । ‘समाचार लेख्दा अन्य विषयमा लेख्दा पुनरावेदन, खण्डन हुन सक्छ तर न्यायाधीशका बारेमा एक पटक गलत सूचना गरिदिनु भयो भने ऊ सदाका लागि सकिन्छ ,’ उनले भने ‘ सूचनाको शक्ति अस्त्र बाट निस्कले गोली भन्दापनि शक्तिशाली हुन्छ । त्यसैले त्यो अन्तिम अस्त्रको प्रयोग गर्नुभन्दा अगाडि राम्रोसँग सोच विचार गरिदिनु होला ।’

मुख्य न्यायाधीश पाण्डेयले कलमलाई संधै सत्यको उदघोष गर्ने साधन भएको हुँदा सोही रुपमा प्रयोग गर्न आग्रहपनि गरेका थिए । उनले पत्रकारहरुले कलमलाई सत्यको पक्षमा चलाउन आग्रह गरे । अहिलेको समयमा मान्छेको बोलीमा बल कम हुँदै गइरहेको भन्दै उनले मान्छे असत्यको पक्षमा हिडन थालेको र एउटै कुरालाई हरेक ठाउँमा फरक फरक ढंगले ब्यक्त गर्दाको परिणाम त्यो अभिव्यक्तिमा बल कम हुन गएको तर्क गरे ।

पाण्डेले समाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक र अन्य क्षेत्रमा हुने बिभेदको अबलम्वन गर्दै र सत्य तथ्य समाचार प्रकाशनमा जोड दिए । उनले अदालतका विषयमा सत्य, तथ्य र ठोस कुरा लेख्न नडराउनपनि आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका – २ का वडाध्यक्ष तथा कार्यबहाक मेयर भिम योगीले नेपालको व्यवस्था परिवर्तनमा पत्रकारहरुको भूमिका अतुलनिय रहेको चर्चा गरेका थिए ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले समावेशी र समानताको पक्षमा वकालत गर्न सुझाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, दलित महिला संघ दाङकी अध्यक्ष युवा करारा, बक्सिङ संघ दाङका कोषाध्यक्ष दिपक केसी लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शान्तराम सेन्चुरीले गरेका थिए भने सहजीकरण इगल खबरका प्रबन्धक निर्देशक एच. आर मगरले गरेका थिए । बिहीबार उनीहरुले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बिरामीलाई फलफूल वितरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *