दाङ, जेठ २८ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ कपासी बगिया निवासी ४८ बर्षीय रामु चौधरीको मृत्यु भएको छ । कपासी बगिया गाउँमा विजुलीको पोलमा चढेर विग्रिएको मर्मत गर्ने क्रममा सोमवार बेलुका ९ बजेतिर चौधरीलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि चौधरीले पोलवाट भुईमा बजारिएका थिए । गम्भीर घाइते चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
