२०८३ कार्तिक २३ गते आइतवार

आगो लागेर एउटा ट्रक ध्वस्त

तुलसीपुर, साउन १३ । लमहीमा एउटा गुडिरहेको ट्रक आँफै आगो लागेर जली नष्ट भएको छ ।

सुदुर पश्चिमको धनगडीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि भनेर लमही तर्फ गइ रहेको एउटा खाली ट्रक आँफै आगलागी भइ जलेर नष्ट भएको हो ।

सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आँफै आगो लागेर जली नष्ट भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तगरत पश्चिम महेन्द्रनगरबाट दाङको लमही तर्फ उक्त ट्रक आउँदै गर्दा आँफै वाइरिङ सर्ट भइ आगलागी भइ जलेर नष्ट भएको चालकले बताएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका – ९ चाउखोला नजिकको जंगल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आँफै आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

वाइरिङ सर्ट भइ ट्रकमा आगो लागेर जली नष्ट भएको एसपी केसीले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ । आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको एसपी रामबहादुर केसीले बताए ।


ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तरगत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ बर्षीय रमेशदत्त जोशीको हात र कपालमा सामान्ने जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए । तीनै जना सुरक्षित निस्किएपछि चालकले आँफैले आगो निभाउन प्रयास गर्दा कपाल र एउटा हातमा सामान्ने जलन भएको भन्ने सूचना आएको एसपी केसीले बताए ।

केसीका अनुसार ट्रक खाली थियो । खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लैजानका लागि आएको भनेर चालकले बताएका छन् । चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *