२०८३ कार्तिक २३ गते आइतवार

यी १७ नेपाली र एक बिदेशी नागरिक जस्ले जहाज दुर्घटनामा ज्यान गुमाए

काठमाडौं,साउन ९ । पोखराका लागि उडेको सौर्य एयरको जहाज बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडे लगतै दुर्घटनामा प¥यो ।
नियमित प्राविधिक परीक्षणका लागि पोखरा जानका लागि उडेको जहाजमा र्सार्य एयरका कर्मचारीहरु मात्रै सवार थिए ।


त्यो जहाँज दुर्घटनामा परि मृत्यु भएका १८ जनाको पहिचान भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु मध्य १७ जना नेपाली र एक जना बिदेशी नागरिक रहेका छन् । जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पतालमा उपचार जारी छ ।

त्यो दुर्घटनामा प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, राजाराम आचार्य, अधिराज शर्मा, जहाजका को–पाइलट एस कटुवाल, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, श्याम विन्दुकार, नवराज आले, पुण्यरत्न शाही, अमितमान महर्जन,सर्वेस मरासैनी र अरेफ रेडाको मृत्यु भएको छ। रेडा यमनी नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

सौर्य एयरको कलसाइन ९ एन–एएमईरसीआरजे २०० भएको जहाज नियमित प्राविधिक परीक्षणका लागि पोखरा जान भनेर उडेको थियो । जहाज रनवे ०२ बाट पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। जहाजमा २ जना चालक दलसहित १९ जना सवार थिए।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *