सल्यान, साउन ५ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुत्केरी आमालाई ‘उपाध्यक्षको पोषण कोसेली’ उपलब्ध गराएको छ ।
लिकाको ७ वटै वडाका स्वास्थ्य संस्थामा पुगेर तीन सय ५७ जना आमालाई पोषण कोसेली उपहार झोला वितरण गरेको हो ।
‘आमा र बच्चालाई स्वास्थ राख्न सकेमा मात्रै परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवम् समृद्धिमा टेवा पुग्न सक्छ,’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै यहाँ सुत्केरीलाई पोषणयुक्त खाना र सरसफाई सामग्रीसहितको झोला कोसेली स्वरुप वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले बताइन ।
सुनोलो हजार दिनको अवधिमा पोषण तथा सरसफाइको महत्व बुझाउन, स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि प्रोत्साहन गर्न एवम वालवालिकाको बृद्धि विकासमा सहयोग पु¥याउनका लागि कार्यक्रम लागु गरिएको छ ।
२०८० साउनदेखि २०८१ असारसम्म सुत्केरी भएका आमाहरुलाइ पोषण कोसेली वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । वडा नम्बर १ स्थित दमाचौर स्वास्थ्य चौकीबाट ३७ जना, वडा नं. २ को दहखोला आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट ५१ जना, वडा नं ३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र दोहलीबाट ४७ जना सुत्केरी आमाहरुलाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जानकारी दिइन् ।
त्यस्तै वडा नं ४ कोर्वाङ झिम्पे स्वास्थ्य चौकी जयचौरबाट ४९ जना, वडा नं ५ प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा बाट ५६ जना, वडा नं ६ स्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट ७० जना र वडा नं ७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र जामुनेखोलाबाट ४७ जना सुत्केरी आमाहरुलाई पोषण कोसेली वितरण गरिएको छ ।
उपाध्यक्षको पोषण कोसेलीको झोलामा चना, केराउ, सिमी लगाएतका गेडागुडीहरु एक किलो, सर्वाेत्तम पिठो एक किलो र एउटा साबुन र नङकट रहने गर्छ । पोषण कोसेली जिल्लामै उत्पादन भएको सामाग्री मात्रै राख्ने गरिन्छ ।
‘सुत्केरी आमाहरुलाइ पोषणको महत्व बुझाउन र घरमा आफै पोषिलो खानेकुराहरु तयार गर्न सकिन्छ भनेर सिकाउनका लागि यस प्रकारको कार्यक्रम बताइन ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुले पोषणका लागि २ हजार ५ सय रुपैयाँ, यातायात खर्च वापत २ हजार रुपैयाँ र मापदण्ड अनुसार ४ पटक गर्भजाँच गरेमा उत्प्रेरणा स्वरुप ८ सय रुपैयाँ प्राप्त गर्नेगरेको उउनको भनाई छ ।
मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन, पुड्कोपन र ख्याउटेपन न्युनिकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरि बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले छत्रेश्वरी गाउँपालिकाले ‘उपाध्यक्षको पोषण कोसेली’ कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
