दाङ, असार ३० । छिमेकी देश भारतमा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेको सोनारी गाउँपालिका–१ सुनखरियाका ५० वर्षीय गोबर्धन घर्ती, ३३ बर्षीय लालबहादुर दसौदी र २८ वर्षीया कल्पना श्रेष्ठ दसौंदी रहेका छन् ।
३३ बर्षीय लालबहादुर दसौदीले चलाएको रा ४ प ७६५ नम्बरको मोटरसाइकललाई भारतको श्रीवस्ती जिल्लास्थितको राजपुर भन्ने ठाउँमा ट्रयाक्टरले ठक्कर दिएपछि तीन जना गम्भीर घाइतने भएका थिए । दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा भारतीय भिङ्गा हस्पिटलमा मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा मारिने तीनै जना आफन्त हुन । लालबहादुर र कल्पना एकै घरका जेठाजु बुहारी हुन । लालबहादुर बनवा नाकामा बस्ने आफ्ना बुवा आमालाई भेट्न जाँदै थिए । बनवा नाका जाँदा नेपालबाट बाटो नभएको हुँदा बाँकेको नरैनापुर सीमा नाका हुँदै जानुपर्ने बाध्यता छ ।
त्यही बाटो हुँदै घर तर्फ जान खोज्दा उनीहरु दुर्घटनामा परेका थिए । दुर्घटना भएको ठाउँ नरैनापुर गाउँपालिका संग सँग सिमाना जोडिएको भारतीय भूमी हो ।
यो दुर्घटना असार २६ गते बुलेका ८ बजेतिर भएको थियो ।
असार २७ गते मात्रै आफन्तसहित प्रहरी भारतिय अस्पतालमा पुगेर पोष्टमार्टम पछि शब बुझेर ल्याएका थिए । २८ गते बिहान ३ बजे मात्रै शब राप्ती सोनारी ल्याइएका थिए ।
तीन मृतक मध्य राप्ती सोनारी गाउँपालिका–१ सुनखरियाका ५० वर्षीय गोबर्धन घर्तीको शब मात्रै त्यहाँ राखिएको थियो । ३३ बर्षीय लालबहादुर र उनकी २८ वर्षीया बुहारी कल्पनाको परिवार दाङको घोराहीमा बस्दै आएको हुँदा उनीहरुको शब भने दाङ ल्याइएको थियो ।
मृतकका तर्फबाट असार २९ गते भारत पुगेर आफन्तले किटानी जाहेरी दिएका छन् । मृतकका आफन्त गइ भारतमा उजुरी दिएपछि त्यहाँको प्रहरीले ट्रयाक्टर चालकलाई पनि नियन्त्रणमा लिएको आफन्तलाई उदृत गर्दै बाँके प्रहरीले जानकारी दिएको छ ।
